नेविसंघको विवाद चर्कियो, देउवाको आँडमा महर र पौडेलको आँडमा काफ्ले
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्रको विवाद चर्किएको छ । अध्यक्ष नयनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले समूहले एक अर्का समूहका सदस्यलाई स्पष्टिकरण सोधेपछि विवाद थप चर्किएको हो ।
संघको विधान विपरित काम गरेको भन्दै महर पक्षले उपाध्यक्ष रामप्रसाद अधिकारी, सिटिइभिटीका अध्यक्ष कर्ण ओली लगायतलाई स्पष्टिकरण सोधेको २४ घण्टा नबित्दै महामन्त्री काफ्ले समूहले अध्यक्ष महरलाई नै अर्को स्पष्टिकरण सोधेको छ ।
नेविसंघका सहमहामन्त्री एवं अनुशासन समितिका संयोजक राजेश रौनियारले महर र अर्का सहमहामन्त्री अम्बिका चलाउनेलाई तीन दिनभित्र स्पष्किरण दिन पत्र काटेका हुन् । स्पष्टिकरणपत्रमा स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा चुनावमा महरले संगठनलाई क्रियाशिल नबनाएको कारण पार्टीले हार व्यहोर्नु परेको आरोपसमेत लगाइएको छ ।
आर्थिक प्रलोभनमा परेर त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर, सिटिइभिटी समन्वय समितिलगायतका निकायमा जिम्मेवारी तोकेको, आफू निकटलाई विधानमै व्यवस्था नभएको आमन्त्रित केन्द्रिय सदस्य बनाएको आरोप पनि महरमाथि लगाइएको छ ।
यसअघि महर समूहले उपाध्यक्ष रामप्रसाद अधिकारीले संगठनमा छलफल नै नगरी आफू खुसी रुपमा काम गरेका भन्दै स्पष्टिकरण सोधेको थियो । तर अधिकारले संघको नियमावलीमा प्रदेशको उपाध्यक्ष नै प्रदेशको संयोजक हुने भएकाले आफूले संयोजकको हैसियतमा प्रदेशका अरु साथीहरुसँग छलफल गरेर कार्यक्रम गरेको दावी गरेका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












