धनगढी पुगेर देउवाले भने, ‘प्रधानमन्त्री को हुने टुंगो नलागि मैले कसरी सत्ता छाड्ने’
धनगढी, ३० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री को हुने भन्ने टुंगो नलागी सत्ता छोड्न नमिल्ने बताएका छन् । भावी प्रधानमन्त्री को हुने भन्नेमा वाम गठबन्धनले कानूनी रुपमै नआउँदा आफुले सत्ता छोड्न नमिल्ने बताएका हुन् ।
आइतबार कैलालीको गोदावारीमा बाह्र राशि मकर मेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले संसद गठन नै नभएको अवस्थामा सत्ता हस्तान्तरणको कुरा गर्नु हास्यास्पद भएको बताए । निर्वाचनमा कुनै पनि दलको बहुमत नआएको दाबी गर्दै संविधानको दायरा नबुझि सत्ता हस्तान्तरणको माग गर्नु हास्यास्पद भएको बताएका हुन् ।
नेकपा एमालेलाई लक्षित गर्दै देउवाले भने, ‘कानुनी प्रक्रिया, संविधानको दायरा नबुझिकन सत्ता हस्तान्तरणको माग गरेर मात्रै हुँदैन।’ उनले कानुनी हिसाबले आफूले अहिल्यै सत्ता हस्तान्तरण गर्न नमिल्ने जिकिर गर्दै आफू सरकारमा बसिरहन नचाहेको भन्दै प्रक्रिया पूरा गरेरमात्रै सरकारबाट बाहिरिने बताए। ‘म सरकारमा बसिरहन चाहन्न’, उनले भने, ‘प्रधानमन्त्री हुने को हो ? कानुनी हिसाबले अगाडि आउनु प¥यो। म तत्काल सत्ता छाड्न तयार छु।’
उनले राष्ट्रिय सभाको निर्वाचन नै नभई नयाँ सरकारको कुरा गर्नु कानुन र संविधानविपरित भएको समेत दावी गरे। प्रधानमन्त्री देउवाले तीन दिनभित्र प्रदेश प्रमुख र मुकाम तोक्ने बताएका छन्।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












