५० वर्ष पुग्नुभयो ? स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीसँग सरकारले निवेदन माग्यो
काठमाडौं, १ माघ । सरकारले स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीहरुको लागि आवेदन खुला गरेको छ । ५० वर्ष उमेर कटेका निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको लागि आवेदन खुला गरेको हो । सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचना अनुसार अवकाश लिन चाहाने कर्मचारीले फागुन १३ गतेभित्र सम्वन्धित कार्यालयमा निवेदन दिनु पर्नेछ ।
कर्मचारी समायोजन ऐन २०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने ५० वर्ष उमेर पूरा भएका र निवृत्तिभरण पाउने अवस्था भएका सरकारी कर्मचारीहरुले निवेदन दिन सक्ने मन्त्रालयका सूचना अधिकारी नमराज घिमिरेले जानकारी दिए । त्यस्ता कर्मचारीले निवेदनका साथमा निजामती किताबखानाको पीआईएस विवरण र शुरुको नियुक्ति पत्रको फोटोकपी स्वयंले प्रमाणित गरी संलग्न गर्नुपर्नेछ ।
यस्ता कर्मचारीले पाउँदैनन् स्वेच्छिक अवकाशः
स्वेच्छिक अवकाशका लागि निवेदन दिएको मिति नै उसले अवकाश पाएको मिति मानिने छ र निवेदन दिएपछि कर्मचारी अवकाश प्रक्रियाबाट फर्किन नपाउने व्यवस्था गरिएको छ । निलम्बनमा रहेका, विभागीय कारबाही प्रक्रिया शुरु भएका र अध्ययन विदामा रहेका कर्मचारीहरुले भने स्वेच्छिक अवकाश लिन नपाउने नियमावलीमा उल्लेख छ ।
यसैगरी सरकारको मनोनयनमा अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएका कर्मचारीहरुले प्रचलित कानुनबमोजिम त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि गर्नुपर्ने न्यूनतम सेवा अवधि पूरा नगरेकाले पनि स्वेच्छिक अवकाश लिन पाउने छैनन् ।
यदि कुनै कर्मचारीले झूठो विवरण पेश गरी स्वेच्छिक अवकाश लिएको प्रमाणित भएमा निजले स्वेच्छिक अवकाश वापत पाएको सेवा सुविधा सरकारी बाँकी सरह असुल उपर हुने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्वेच्छिक अवकाशमा यस्तो सुविधा पाउँछन्ः
स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले सात वर्षको निवृत्तभरण एकमुष्ठ रुपमा पाउनेछन् । त्यसपछि पनि प्रचलित काननुन अनुसार उनीहरुले निवृत्तभरण पाउनेछन् । सात वर्षको एकमुष्ठ निवृत्तभरण रकम पाएपछि सो सात वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तभरण रकम पनि पाउनेछन् ।
स्वास्थ्य सेवाका कर्मचारी, संसद सेवाका कर्मचारी र ०४९ कात्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघ्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ५८ वर्ष उमेर ननाघ्ने गरी सेवा अवधि थप गरी पेन्सनको लागि जम्मा सेवा अवधि कायम गरिनेछ । यसरी सेवा अवधि थप हुँदा सोही नियमअनुसार तलव वृद्धि पनि थप हुने कर्मचारी समायोजन ऐन २०७४ मा उल्लेख छ ।
स्वेच्छिक अवकाश लिने कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिने अन्तिम दिनसम्म बढुवा पाउने भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरी सेवा सुविधा दिइनेछ । स्वेच्छिक अवकाश हुँदा प्राप्त गर्ने निवृत्तभरण र अन्य सुविधामा एकमुष्ठ एक प्रतिशत सामाजिक सुरक्षा कर लाग्नेछ ।
यसका लागी काठमाडौं उपत्यकाभित्रका निकायमा कार्यरत कर्मचारीहरुले आफू कार्यरत निकाय वा कार्यालयमा निवेदन दिन सक्नेछन् । सम्वन्धित निकाय वा कार्यालयले निवेदन सनाखत गराई सात दिनभित्र सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकाश इकाईमा तोकिएको ढाँचामा पठाउनु पर्नेछ ।
काठमाडौं उपत्यकाबाहिर कार्यरत कर्मचारीहरुले पनि आफू कार्यरत कार्यालयमा निवेदन दिने र ति निवेदन कार्यालयले सात दिनभित्र जिल्ला प्रशासन कार्यालयमा लगेर बुझाउनु पर्नेछ । जिल्ला प्रशासन कार्यालयले सात दिनभित्र सामान्य प्रशासन मन्त्रालयको स्वेच्छिक अवकाश इकाईमा पठाइसक्नुपर्ने छ । सामान्यमा पठाइएको विवरणहरु जिल्ला प्रशासन कार्यालयले आफ्नो सूचना पाटीमा टाँस गर्नुपर्ने व्यवस्था छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












