प्रधानन्यायाधीश पराजुलीमाथि लागेको ‘चार बिहे’ आरोपले श्रीमती बसन्ता विक्षिप्त
काठमाडौं, १ माघ । यतिबेला डा. गोविन्द केसी र प्रधानन्यायाधीश गोपाल पराजुलीको द्वन्द्व सतहमा आएको छ । गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको नितान्त व्यक्तिगत जीवनका बारेमा प्रश्न उठाएपछि द्वन्द्व सतहमा आएको हो । सामाजिक सञ्जालमा प्रधानन्यायाधीश गोपाल पराजुलीका चारवटी श्रीमतीहरु रहेको चर्चा एकाएक ‘भाइरल’ भईरहेको छ ।
अदालतकै बेन्चमा केसीले पराजुलीको चार वटा विहे गरेको भन्दै प्रश्न उठाएपछि यसले नेपाली राजनीतिक तथा सामाजिक परिवेशन तातेको छ । सामाजिक सञ्जालका भित्ताहरु केसी भर्सेस पराजुलीले नै भरिएका छन् । यस्ता समाचारप्रति प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ता पराजुली निकै विक्षिप्त बनेकी छन् ।
विगतमा युएनडीपीमा जागिर खाएकी र हाल गृहिणीका रुपमा रहेकी प्रधानन्यायाधीश पराजुली धर्मपत्नी बसन्ताले यस्ता आरोपको प्रतिवाद पनि गर्दै आईरहेकी छन् । तर उनको प्रतिवादले केही हुन सकिरहेको छैन् । उनले आफ्ना पतिमाथि लाखेको आरोप तथा चारित्रिक प्रश्नको जवाफ दिँदै बसन्ताले परिवारको बचाँउ गरेकी छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको पारिवारिक स्रोतले भन्यो, ‘आफ्नो श्रीमानमाथि चारित्रिक आरोपहरु लागेपछि उनकी पत्नी बसन्ता विक्षिप्तजस्तै बनेकी छिन् । पराजुलीको व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउनेहरुले उनका श्रीमती र छोराछोरीहरु पनि छन् होला भन्ने विचारै गरेनन् ।’
प्रधानन्यायाधीश पराजुलीकी पत्नी बसन्ताले आफूहरुमाथि नितान्त व्यक्तिगत, चारित्रिक एवं नितान्त पारिवारिक संवेदनशीलतामा आघात पार्ने काम भइरहेको भन्दै गुनासो पोखेकी छिन् । तर, यस्ता आरोपहरुबाट अविचलित भई आफ्नो प्यारो परिवार ईश्वरका कृपाले सम्हालिएको बसन्ताले बताएकी छिन् ।
पराजुलीको व्यक्तिगत जीवन कुनै फिल्मी कथा भन्दा कम छैन्ः
विभिन्न आरोपका सामना गरिरहेका प्रधानन्यायाधीश पराजुलीको व्यक्तिगत एवं पारिवारिक कथाको श्रृंखला वियोगान्त छ । पहिले राजनीति, त्यससँगै कानून व्यवसाय र पछि न्यायाधीश बनेका पराजुलीले यौवनावस्थामा सम्भ्रान्त परिवारकी श्रीमती ल्याएका थिए । यसवीचमा उनी जेलसमेत परे । उमेर छँदै पत्नीले छाडेर गएपछि पराजुलीले दोस्रो विवाह गरे । तर, उनको दोस्रो घरजम पनि टिकेन । उनकी पत्नीलाई ब्लड क्यान्सर भयो र उनी बितिन् ।
पत्नी वियोगबाट विक्षिप्त बनेका पराजुलीले केही हदसम्म भएपनि त्राण पाउनका लागि तेस्रो विवाह गरे । तर, त्यो घरजम पनि एउटा वियोगान्त त्रासदीमा परिणत भयो । पराजुलीकी तेस्री श्रीमतीको दुर्घटनामा परेर निधन भयो । ‘पत्नी वियोगको कुरा गर्दा उहाँ भावुक बन्नुहुन्छ,’ पारिवारिक स्रोत भन्छ, ‘तर, यस्तो पीडादायी व्यक्तिगत भोगाइलाई सामाजिक सञ्जालमा पराजुलीको अपराधका रुपमा चित्रण गर्दा परिवारका अन्य सदस्यहरुको समेत चित्त दुखेको छ, श्रीमती बसन्ता त लगभग विक्षिप्तजस्तै बन्नुभएकोछ ।’
त्यसपछि उनले चौथो श्रीमतीको रुपमा भित्र्याए बसन्तालाईः
प्रधानन्याधीश पराजुलीले तेस्री श्रीमतीलाई पनि गुमाउँदा अत्यन्तै विक्षिप्त बने । केही समयपछि उनले दाङ माइत भएकी बसन्तासँग बिहेबारी गरे । बसन्ता पराजुलीसँग विवाह हुँदा युएनडीपीमा जागिर खाँदै थिइन् ।
प्रधानन्यायाधीश पराजुली हुनेखाने परिवारकै सदस्य हुन् । तनहुँ जिल्लाको काउँ शिवपुर-५ मा ज्योतिष एकदेव पराजुली र नन्दकुमारी पराजुलीको कोखबाट जन्मेका उनले दूर्गा चण्डी कवचबाट शिक्षा लिए । पराजुली ०४८ साल कात्तिक १८ गते न्याय सेवामा प्रंवेश गरेका हुन् ।
तस्बिरः बसन्ता पराजुलीको फेसबुकबाट
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











