लामो दूरीको गाडीमा दुई ड्राइभर राख्न लगाउन नसक्ने नेताहरुका भने ७/७ जना ड्राइभर
काठमाडौं, १ माघ । लामो दूरीको गाडीमा दुई ड्राईभर राख्न लगाउन नसक्ने उच्च ओहोदामा रहेका नेताहरुका भने सात सात जना ड्राईभर देखिएका छन् । उच्च ओहोदाका नेताहरुमै मात्र होईन् कर्मचारीहरुका समेत यस्तै छन् । उच्च ओहोदाका नेताहरु देखि सरकारी कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्दै आएका छन् ।
भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र होइन पूर्वसांसददेखि उच्च ओहोदाका सरकारी कर्मचारीले पनि प्रहरीलाई नै सवारी चालक बनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ४ जना प्रहरी चालकको रुपमा खटिएका छन्। राष्ट्रपति भण्डारीको लागि प्रहरी सहायक निरीक्षक कमला श्रेष्ठ, केशकुमार महतो, प्रहरी हवल्दार चेतनकुमार पुलामी चालकमा खटिएका छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी चालकका रुपमा पाँच जना प्रहरी परिचालित छन्। प्रहरी सहायक निरीक्षक होमबहादुर दुरा, नुरबहादुर भुजेल, प्रदीप कार्की, यज्ञबहादुर थापा र प्रहरी हवल्दार भुलन यादव उपराष्ट्रपतिका चालक रहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सवारी चलाउनका लागि सात जना प्रहरी खटिएका छन् जसमा चार जना प्रहरी नायब निरीक्षक र तीन जना प्रहरी हवल्दार रहेका छन्। चालकमा प्रहरी नायव निरिक्षक भीमप्रसाद धिताल, चेतनविक्रम कार्की, ऋषिराम सापकोटा र नारायण थापा छन्। त्यस्तै चालकमा प्रहरी हवल्दार हिरणबहादुर बस्नेत, नवीनध्वज आचार्य र महेन्द्र सिंह भण्डारी रहेका छन्।
नेकपा एमाले अध्यक्ष केपी ओलीका लागि दुईजना प्रहरी चालक प्रहरी प्रधान कार्यालयले व्यवस्था गरेको छ। अध्यक्ष ओलीको प्रहरी चालक दलमा प्रहरी हवल्दार अर्जुनकुमार काफ्ले र रामबहादुर थामी रहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि प्रहरी सवारी चालक नै व्यवस्था गरिएको छ। प्रचण्डलाई दुई प्रहरी हवल्दार र एक प्रहरी जवान दिइएको छ। प्रहरी हवल्दार नेत्रबहादुर तामाङ, धनबहादुर कार्की र हीरासिंह बलायर रहेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि सरकारले तीन जना प्रहरी सवारी चालकको व्यवस्था गरेको छ। प्रहरी हवल्दार सूर्यबहादुर थापा, हरिहर जमकट्टेल र प्रहरी जवान हरिकुमार गुरुङ भट्टराईका लागि खटिएका हुन्।
पूर्वसभामुख, पूर्वन्यायाधीश, प्रधान न्यायाधीश गोपाल पराजुलीदेखि मन्त्री तथा राज्यमन्त्रीहरु सबैले समेत प्रहरी चालक प्रहरी राखेका छन्।
पूर्वमन्त्रीहरु गगन थापा, रमेश लेखक, राम कार्की, शक्तिबहादुर बस्नेत, शंकर भण्डारी, ईश्वर पोखरेल, भीम रावल, खुमबहादुर खड्का, दीपक गिरी, अर्जुननरसिंह केसी लगायतका पूर्वमन्त्रीहरुलाई एक(एक जना प्रहरी जवान सवारी चालकको व्यवस्था गरिएको छ।
त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, कांग्रेस नेता रामहरि खतिवडा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पनि प्रहरी सवारी चालक लिएका छन्। नेपाल प्रहरीका एक अधिकृतले राजनीतिक दबाबमा प्रहरी चालक उपलव्ध गराउनु परेको बताउँछन्।
गृहमा कार्यरत १२ अधिकृतहरुको लागि पनि प्रहरी चालक नै व्यवस्था गरिएको छ। गृह मन्त्रालयमा तीन प्रहरी सहायक निरीक्षक र बाँकी प्रहरी हवल्दार चालकको रुपमा खटिएका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












