लामो दूरीको गाडीमा दुई ड्राइभर राख्न लगाउन नसक्ने नेताहरुका भने ७/७ जना ड्राइभर
काठमाडौं, १ माघ । लामो दूरीको गाडीमा दुई ड्राईभर राख्न लगाउन नसक्ने उच्च ओहोदामा रहेका नेताहरुका भने सात सात जना ड्राईभर देखिएका छन् । उच्च ओहोदाका नेताहरुमै मात्र होईन् कर्मचारीहरुका समेत यस्तै छन् । उच्च ओहोदाका नेताहरु देखि सरकारी कर्मचारीहरुले समेत नेपाल प्रहरीको दुरुपयोग गर्दै आएका छन् ।
भीआइपीहरुको सुरक्षाका लागि मात्र होइन सवारी चालकसमेत प्रहरी नै खटिने गरेका छन्। निजामतिबाट चालक व्यवस्था गर्नुपर्ने नियम भएपनि प्रहरी नै चालकको रुपमा खटिएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र होइन पूर्वसांसददेखि उच्च ओहोदाका सरकारी कर्मचारीले पनि प्रहरीलाई नै सवारी चालक बनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका लागि ४ जना प्रहरी चालकको रुपमा खटिएका छन्। राष्ट्रपति भण्डारीको लागि प्रहरी सहायक निरीक्षक कमला श्रेष्ठ, केशकुमार महतो, प्रहरी हवल्दार चेतनकुमार पुलामी चालकमा खटिएका छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनको सवारी चालकका रुपमा पाँच जना प्रहरी परिचालित छन्। प्रहरी सहायक निरीक्षक होमबहादुर दुरा, नुरबहादुर भुजेल, प्रदीप कार्की, यज्ञबहादुर थापा र प्रहरी हवल्दार भुलन यादव उपराष्ट्रपतिका चालक रहेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सवारी चलाउनका लागि सात जना प्रहरी खटिएका छन् जसमा चार जना प्रहरी नायब निरीक्षक र तीन जना प्रहरी हवल्दार रहेका छन्। चालकमा प्रहरी नायव निरिक्षक भीमप्रसाद धिताल, चेतनविक्रम कार्की, ऋषिराम सापकोटा र नारायण थापा छन्। त्यस्तै चालकमा प्रहरी हवल्दार हिरणबहादुर बस्नेत, नवीनध्वज आचार्य र महेन्द्र सिंह भण्डारी रहेका छन्।
नेकपा एमाले अध्यक्ष केपी ओलीका लागि दुईजना प्रहरी चालक प्रहरी प्रधान कार्यालयले व्यवस्था गरेको छ। अध्यक्ष ओलीको प्रहरी चालक दलमा प्रहरी हवल्दार अर्जुनकुमार काफ्ले र रामबहादुर थामी रहेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि प्रहरी सवारी चालक नै व्यवस्था गरिएको छ। प्रचण्डलाई दुई प्रहरी हवल्दार र एक प्रहरी जवान दिइएको छ। प्रहरी हवल्दार नेत्रबहादुर तामाङ, धनबहादुर कार्की र हीरासिंह बलायर रहेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि सरकारले तीन जना प्रहरी सवारी चालकको व्यवस्था गरेको छ। प्रहरी हवल्दार सूर्यबहादुर थापा, हरिहर जमकट्टेल र प्रहरी जवान हरिकुमार गुरुङ भट्टराईका लागि खटिएका हुन्।
पूर्वसभामुख, पूर्वन्यायाधीश, प्रधान न्यायाधीश गोपाल पराजुलीदेखि मन्त्री तथा राज्यमन्त्रीहरु सबैले समेत प्रहरी चालक प्रहरी राखेका छन्।
पूर्वमन्त्रीहरु गगन थापा, रमेश लेखक, राम कार्की, शक्तिबहादुर बस्नेत, शंकर भण्डारी, ईश्वर पोखरेल, भीम रावल, खुमबहादुर खड्का, दीपक गिरी, अर्जुननरसिंह केसी लगायतका पूर्वमन्त्रीहरुलाई एक(एक जना प्रहरी जवान सवारी चालकको व्यवस्था गरिएको छ।
त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, कांग्रेस नेता रामहरि खतिवडा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले पनि प्रहरी सवारी चालक लिएका छन्। नेपाल प्रहरीका एक अधिकृतले राजनीतिक दबाबमा प्रहरी चालक उपलव्ध गराउनु परेको बताउँछन्।
गृहमा कार्यरत १२ अधिकृतहरुको लागि पनि प्रहरी चालक नै व्यवस्था गरिएको छ। गृह मन्त्रालयमा तीन प्रहरी सहायक निरीक्षक र बाँकी प्रहरी हवल्दार चालकको रुपमा खटिएका छन्।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











