न्याय नपाए प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने कांग्रेस नेताको चेतावनी
काठमाडौं, १ माघ । सशस्त्र द्वन्द्व पीडित कांग्रेस नेता कालीबहादुर घर्तीमगरले न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका छन् । द्वन्द्व पीडितले एक महिनाभित्र न्याय नपाए माओवादी विरुद्ध अन्तर्राष्ट्रिय अदालत जाने चेतावनी दिएका हुन् । तत्काल सशस्त्र युद्धका क्रममा भएका जतिपनि घट्नाहरुकोबारेमा वाम गठबन्धन गम्भिर नबनेको भन्दै एक महिनाभित्र न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन् ।
रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै घर्तीले एक महिनाभित्र द्वन्द्व पीडितले न्याय नपाए आफू अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन । उनले भने, ‘सरकारले आजको दिनसम्म धेरै प्रकारका आयोगहरु गठन गर्यो, ती आयोगहरु पैसा कमाउने जागिरमा परिणत भएका छन्, पछिल्लो समयमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले कुनैपनि काम नगरि फेरी एकवर्षे म्याद थप्न खोजिरहेको छ, यस्तो काम भयो भने पीडितको आसुमा रमाउनेहरुले बुझ्नुपर्छ, हामीले आफन्त गुमाएका छौँ, घरपरिवार विस्थापित छ, ६ लाख ४० हजार सम्पति लुटिएको छ, घरपनि छैन्, तीनपटक अपहरण गरि मार्ने कोसिस गरिएको थियो, भाग्यवस म बाँच्न सफल भएको थिएँ ।’
उनले अघि थपे, ‘द्वन्द्व पीडितहरुलाई तत्काल क्षतिपूर्ती दिनुपर्छ, मानव अधिकार उल्लंघनका घट्नामा मुछिएकाहरुलाई कानून बमोजिम कारबाही गरिनुपर्छ, माओवादी युद्धका योजनाकारहरुले ६० हजार द्वन्द्व पीडितहरुसमक्ष माफी माग्नुपर्छ ।’
सल्यान जिल्ला ढोरचौर गाउँपालिका वडा नम्बर ४ निवासी घर्तीले कुनैपनि निकायबाट आजसम्म राहत नपाएको गुनासो गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका घर्तीले भक्कानिँदै भने, ‘मेरो पार्टी नेपाली कांग्रेससँग पनि उपचार खर्चको लागि निवेदन दिएँ तर त्यसको सुनुवाई भएको छैन्, मलाई तुरुन्त पार्टी केन्द्रले वा नेपाल सरकारबाट आर्थिक सहायता उपलब्ध गराईयोस् भनि विनम्र अनुरोध गर्दछु ।’
तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए सशस्त्र यूद्ध शुरु भएकै दिन अर्थात फागुन १ गतेबाट राजधानीको टुँडिखेलमा धर्ना दिने र आन्दोलनमा उत्रिने चेतावनी दिए ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











