यसरी गर्नुहोस् योग अभ्यास, जसले तपाईलाई फाईदैं फाईदा, (१५ उपाय)
काठमाडौं, १ माघ । हिजोआज नेपालमा योगको चर्चा र योग कक्षाहरू धेरै सञ्चालनमा आएको पाइन्छ । यो सकारात्मक कदम हो । यस कार्यले के पुष्टि गराउँछ भने मानिसमा स्वास्थ्य सचेतना बढेको छ र योग अभ्यासप्रति सकारात्मक विश्वास बढेको छ । हुन त कतिपय मानिस योग कक्षामा जानुको उद्देश्य मानिससँग भेटघाट गर्न र आफू पनि योग गर्दैछु भन्ने सन्देश दिनलाई मात्र हो भन्ने पनि गएको पाइन्छ ।
यस्तो सोचाइले भने खासै स्वास्थ्यलाई फाइदा पुर्याउँदैन । योगको यथार्थता र महत्वलाई नबुझी नक्कल र देखावटी योग ध्यानले स्वास्थ्यलाई हानि पनि पुर्याउन सक्छ । योग गर्छु भन्दैमा पनि त्यसले फाईदा हुँदैन् । त्यसको लागि विभिन्न तरिकाहरु हुन्छन् । आज हामी तपाईलाई योग अभ्यास कसरी र कति गर्ने भन्ने बारेमा १५ उपाय बनाउँन गईरहेका छौंः
१. खाली पेटमा योग गर्नुहोस्ः
खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नुपर्दा टन्न खाएको ४ घन्टापछि र हल्का खाएको दुई घन्टापछि गर्नुपर्छ।
२. योग सकेको आधा घण्टापछि मात्रै खानेः
योग अभ्यास सकेको केही समयमै खाना खाने बानीले कुनै फाईदा गर्दैन् । त्यसैले योग अभ्यास सकेर आधा घन्टाजति कुरेर त्यसपछि मात्र खाना खानुपर्छ ।
३. हरेक दिन एउटै समयमा योग गर्नेः
कुनै दिन बिहानै उठेर यो गर्ने कुनै दिन दिउँसो गर्ने बानी छ भने तुरुन्तै हटाईहाल्नुस् । यसको लागि हरेक दिन एउटै समय बनाएर योग गर्नुपर्छ । हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढीमा ९० मिनेटसम्म योग गर्न सकिन्छ।
४. खुकुलो लुगा लगाउनेः
यो अभ्यास गर्दा लुगा खुकुलो एवं सजिलो हुनुपर्छ, अझ सुतिको भए उत्तम हुन्छ।
५. शान्त वातारणः
योग अभ्यास गर्दा शान्त, सफा, हावादार तथा न्यानो ठाउँ हुनुपर्छ ।
६. चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नुपर्छ।
७. दिसा-पिसाब सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ।
८. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नुहुँदैन। यस्तो बेला कीर्तन, ध्यान, प्राणायाम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न।
९. प्रत्येक योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ।
१०. सामान्यतया अगाडि टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्निया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।
११. कुनै पनि आसन गर्दा शरीरलाई जबर्जस्ती जोड गर्नु हुँदैन।
१२. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।
१३. योगबाट असर तथा फाइदा लिन कम्तीमा ३ देखि ६ महिना नियमित अभ्यास गर्नुपर्छ।
१४. उच्च रक्तचाप, मुटुरोग, श्वासप्रश्वास, अनिद्रा तथा स्मरणशक्ति न्यून भएकाले प्राणायाम गर्दा श्वास रोक्न हुँदैन।
१५. अपरेसन गरेका बिरामीले कम्तीमा २ वर्षपछि अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नुपर्छ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












