चिसो र शीत लहरका कारण दुई सातामा ८२ जनाले ज्यान गुमाए
काठमाडौं, २ माघ । दुई सातादेखिको अत्यधिक चिसो र शीत लहरका कारण देशभरमा ८२ जनाले ज्यान गुमाएका छन् । चिसोका कारण यस वर्ष मध्य–पूर्वी आठ जिल्लामा मात्र ८२ जनाले ज्यान गुमाईसकेका हुन् । शीतलहर र अत्यधिक चिसोले प्रदेश नम्बर २ अन्तर्गतका जिल्ला बढी प्रभावित भएका छन् ।
दुई सातादेखि अत्यधिक बढेको हुस्सु, शीतलहर र चिसोले मध्य पूर्वी तराईका बारा, पर्सा, सिरहा, रौतहट, सर्लाही, सप्तरी, धनुषा र महोत्तरीको जनजीवन पूर्णरुपमा प्रभावित बनेको हो ।
यी जिल्लामा हालसम्म चिसोकै कारण ८२ जनाले ज्यानसमेत गुमाई सकेका छन् । जसमा सबैभन्दा बढी सप्तरीमा २४, रौतहटमा १९, सिरहामा १४, पर्सामा ९, बारामा ५, धनुषामा ५, सर्लाहीमा ३ र महोत्तरीमा ३ जनाको मृत्यु भएको छ ।
शीत लहरले उद्योग व्यवसाय निकै प्रभावित भएका छन् भने सर्वसाधारणको आवागमनमा समेत कमी आएको छ । सर्वसाधारणहरु दिनरात आगो तापेर बस्न बाध्य भएका छन् । चिसोले जनजीवन कष्टकर भइरहँदासमेत सरकारी निकायले राहतको व्यवस्था गर्न नसकेको गुनासो नागरिकहरुको छ ।
सरकारी निकायले प्रभावित क्षेत्रका बासिन्दालाई दाउरा वितरण गरे पनि त्यो अपुग देखिएको छ । चिसो र शितलहरले खासगरी बच्चा र वृद्धवृद्धामा बढी असर पारेको छ । सम्बन्धित जिल्लाका जिल्ला अस्पतालमा दैनिक ५० देखि ६० जनासम्म जाडोबाट प्रभावित बिरामीहरु उपचार गराउन आइरहेका छन् । स्थानीय स्तरमा निर्वाचित जनप्रतिनिधिहरुले प्रभावित क्षेत्रमा आगो बाल्ने, न्यानो कपडा वितरण गर्ने लगायतका काम गर्दै आईरहेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











