अन्ततः आजको मन्त्रिपरिषद पनि बैठक स्थगित, अब कहिले हुन्छ प्रदेश प्रमुख नियुक्ति ?
काठमाडौं, २ माघ । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक सरेको छ । बैठक अब भोलि बिहान ९ बजे बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् ।
प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए । जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो ।
सहमति भए उनले एमाले–माओवादीकातर्फबाट २/२ जना तथा कांग्रेस, राजपा र संघीय समाजबादी फोरमबाट एकएक जना गरेर प्रदेश प्रमुख नियुक्त गर्नेछन् । तर यो सम्भावना टरिसकेको छ । अव बिकल्पमा राजपा–फोरमबाट एकएक जना र बाँकी ५ प्रदेशमा कांग्रेसका तर्फबाट नै नियुक्ति गर्ने तयारी देउवाको छ ।
यसका लागि प्रधानमन्त्री देउवाले आज बिहानैबाट सम्भावित नाममा सहमति जुटाउन कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला लगायतसँग छलफल गरेका छन् । सो छलफलमा नेता पौडेलले आफ्नो समुहकालाई प्रदेश प्रमख नियुक्त गर्न दवाव दिएको कांग्रेस उच्च श्रोतले जनाएको छ ।
एमालेले प्रकृयामै सहभागित नजनाउने भएपछि देउवाले दोस्रो बिकल्प रोज्नुपर्ने बाध्यता छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ । एमाले नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीसँग दलीय छलफल भएपनि आफ्नो पार्टी प्रदेश प्रमुख नियुक्तिको प्रकृयामा सहभागि नहुने बताए ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












