देउवालाई ‘नकचरो’ भन्दै वामदेवले भने, ‘शरिर नांगै भएपछि जे पनि भन्दा रहेछन्’
काठमाडौं, २ माघ । यतिबेला एमाले र कांग्रेस नेताहरुबीच जुहारी नै चलेको छ । सत्ता हस्तान्तरणको विषयलाई लिएर कांग्रेस र एमाले शीर्ष नेताहरुबीच जुहारी चलेको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कसैको बहुमत आएको छैन, सत्ता छाड भन्न लाज लाग्दैन भनेपछि एमाले कार्यबाहक अध्यक्ष वामदेव गौतमले त्यही शैलीमा जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘नकचरो भएपछि जे पनि भन्दा रहेछन् ।’
राजधानीमा आयोजित कार्यक्रममा एमाले नेता गौतमले कांग्रेसका लागि लोकतन्त्र षड्यन्त्र मात्र भएको बताए । जनादेश ‘कांग्रेस प्रतिपक्षमा बस, एमाले र माओवादी मिलेर सरकार चलाउ’ भन्ने भए पनि कांग्रेस सत्ता लम्ब्याउने र एमाले र माओवादी गठबन्धन भत्काएर आफ्नो समर्थनमा सरकार बनाउने खेलमा लागेको उनले बनाए ।
‘डुबिरहेको मानिसले बचिन्छ कि भनेर बग्दै आएको खरको त्यान्द्रो पनि समात्छ’ भने जस्तै कांग्रेस वाम गठबन्धन फुटाउन सकिन्छ कि भनेर लागेको उनले बताए । उनले अगाडि थपे, ‘आयु पुगेको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नुभयो, कसले ल्याएको छ बहुमत ? बहुमत लिएर आउनुस् । बहुमत त आइसक्यो दुई पार्टीको ।’
कांग्रेस नेताहरुले सराप दिएको गठबन्धनलाई नै जनताले बरदान दिएर बहुमतमा आएको भन्दै एमाले कार्यबाहक अध्यक्ष गौतमले भने, ‘यो प्रधानमन्त्रीलाई थाहा छैन र ! तर, नकचरो भएपछि, लाज समाप्त भएपछि जे पनि भन्दा रहेछन् ।’
कांग्रेसले जति सत्ता लम्ब्याउँछ त्यति नै देउवा नांगिने बताए । ‘जति लम्ब्याउनुहुन्छ, उहाँको शरीरको कपडा त्यति बाहिर जाादैछ’ उनले भने, अन्तिममा कांग्रेसले सभापति शेरबहादुर देउवालाई एउटा पनि कपडा नभएको नाङ्गै बनाउनेछ । निर्वस्त्र शेरबहादुर देउवा १ अरु केही परिणाम आउने छैन ।’
वाम गठबन्धनलाई सरकार बनाउन नदिने षडयन्त्रमा देउवा लागेको भन्दै अब आफैं प्रतिनिधिसभा बैठक बोलाउने चेतावनी दिए । सरकार बर्खास्त गर्छौ र जनताका प्रधानमन्त्रीलाई सिंहदरबारमा राख्छौं’ उनले भने ‘तिम्रो हिम्मत छैन, तिमीले सोध्न सक्दैनौं । हामी त सबै सोच्छौं ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











