वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारतले दियो पद्मश्री पुरस्कार
काठमाडौं, १२ माघ । वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कार दिने घोषणा गरेको छ। भारतको प्रतिष्ठित यो पुरस्कार यस वर्ष विदेशीतर्फ डाक्टर रुइतलाई दिने निर्णय सरकारले गरेको हो। ‘सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी उनले एक लाखभन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका छन्,’ भारतको प्रेस इन्फर्मेसन ब्युरोले आफ्नो आधिकारिक ट्विटरमा लेखेको छ ।
डाक्टर रुइत तिलगंगा आँखा प्रतिष्ठानकमा संस्थापक हुन्। रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स संसारभरि लोकप्रिय छ। मोतीविन्दुको अप्रेसन गरेपछि आँखामा राख्नुपर्ने यो लेन्स दुई दशकअघिसम्म निकै महंगो थियो।
१ सय अमेरिकी डलर पर्ने सो लेन्सका कारण धेरै अविकसित देशका नागरिक यसको पहुँच बाहिर थिए। सन् १९९७ मा डाक्टर रुइतले नेपालमै सो लेन्स उत्पादन गर्न सुरु गरेपछि त्यसको मूल्य जम्मा ४ डलरमा पुगेको छ। अष्ट्रेलियामा अध्ययन गरेपछि नेपाल फर्किएर उनले अन्धोपन हटाउन सस्तो प्रविधिको लेन्स र सल्यचिकित्सा प्रविधिको आबिस्कार गरेका थिए ।
अहिलेसम्म नेपालमा उत्पादित ४० लाख बढी इन्ट्राअकुलर लेन्स संसारभरिका मानिसका आँखामा राखिएको छ।ताप्लेजुङको विकट गाउँमा जन्मेका डाक्टर रुइतले हरेक वर्ष निशुःल्क आँखा शिविर पनि गर्दै आएका छन्।
नेपालसहित भुटान, इन्डोनेसिया, म्यानमार, उत्तर कोरिया र अफ्रेकी देशहरुमा रुइतको टोलीले हरेक वर्ष निशुःल्क आँखा शिविर चलाउँदै आएको छ। सन् २००६ मा उनले फिलिपन्सको प्रतिष्ठित रोमन म्यागासासे पुरस्कार पाएका थिए।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











