प्रधानमन्त्री देउवाले दिएको पाँच हजार रुपैयाँको चेक एकैछिनमा खोसियो !
काठमाडौं, १२ माघ । प्रधानमन्त्रीले दिएको चेक एकैछिनमा खोसियो भन्दा अचम्म लाग्न सक्छ । यो घटना कुनै बाहिरि देशको होईन। हाम्रै देशको घटना हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराईरहेका स्पाइनल इन्जुरीका बिरामी धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई पाँच हजार रुपैयाँको चेक दिए ।
उनले दिएको चेक सिंखडाको हातमा परेको केही समयमै खोसिएको हो । त्यो पनि कुनै चोर डाँकु नभई राष्ट्रिय ट्रमा सेन्टर प्रशासनले । प्रधानमन्त्री देउवाले बिहीवारदेखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई रकम बाँडेका थिए । ट्रमा सेन्टरमा रकम बाँड्ने क्रममा सिंखडालाई प्रधानमन्त्री देउवाले शैयामै पुगेर पाँच हजारको चेक हस्तान्तरण गरेका थिए । प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवारमा आशा पलाएको थियो ।
उपचारको लागि ऋणको भारीले थिचेका परिवारमा मासिक पाँच हजार पाउने आशा थियो । तर सुजनको परिवारलाई के थाहा प्रधानमन्त्री स्वयमले दिएको चेक, ट्रमा सेन्टरका प्रशासनले आएर खोसेर लान्छ भनेर । उनको हातमा पुगेको केही समयमै अस्पत्ताल प्रशासनले खोसेर लग्यो । सुजनको परिवार छाँगाबाट खसेजस्तै भयो ।
गाउँमा रुख काट्न जाँदा सुजन लडेर घाइते भएका थिए । रुखबाट खसेर उनको ढाड भाँचिएको थियो भने बाँया हात नचल्ने अवस्था पुगेको थियो । उपचारका लागि पुष ४ गते ट्रमा सेन्टर भर्ना भएका सुजनको स्पाइनलमा समस्या रहेका कारण उनी उठ्न समेत सकेका थिएनन् । उपचारकै लागि गाउँमा चिनेका सबैसँग उनको उनीहरुले ऋण माग्न भ्याइसकेका थिए ।
श्रीमान्को यस्तो अवस्थाका कारण श्रीमती सिता सिंखडा निकै पीडामा देखिन्थे । श्रीमानको उपचारमा मात्रै उनले साढे तीनलाख खर्च भइसकेको बताइन् । कमजोर आर्थिक अवस्थाका कारण श्रीमान्को उपचारमै ऋणको भारी बोकिरहेका उनलाई बिहीवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले शैयामै आएर चेक बाँडेपछि उनको मनमा आशा पलाएको थियो ।
प्रधानमन्त्रीले स्पाइनल इन्जुरीका बिरामी राखिएको वार्डमा चेक बाँड्न आएका थिए । उनका साथमा स्वास्थ्य मन्त्री दीपक बोहरा र अस्पताल प्रशासनका कर्मचारीहरु समेत थिए । बेड नं ५०५ मा रहेका सुजनलाई प्रधानमन्त्रीले पाँच हजारको चेक हस्तान्तरण गरे । प्रधानमन्त्री देउवाको हातबाट चेक पाएपछि सिताको मन निकै प्रफुल्लित थियो भने श्रीमानको उपचारमा लागेको ऋणको भारी हल्का हुने आशा थियो ।
प्रधानमन्त्रीको हातबाट चेक पाएको केहीबेरमै ट्रमा सेन्टरको प्रशासनका एक कर्मचारीले चेक साटिएको भन्दै चेक साटेर ल्याउने भन्दै सितासँगको चेक लिएर गए । सिताले पनि आफ्नो श्रीमानको नामको चेक अर्को व्यक्तिसँग परेको होला भनेर चुप लागिन् । तर त्यसो भएन । गल्तीले सुजनको हातमा प्रधानमन्त्रीले चेक बाँडेको भन्दै सुजनको नाममा चेक नरहेको श्रीमती सितालाई प्रशासनले जवाफ दियो । प्रशासनको यस्तो जवाफ सुनेर उनको परिवार छक्क प¥यो ।
कम्मरमुनिको भाग नचल्ने अर्थात प्यारालाइसिस भएको स्पाइनलको बिरामीलाई मात्रै सरकारले रकम बाँडेको भन्दै प्रशासनले उनको श्रीमानलाई रकम दिन अस्वीकार गर्यो । एकछिनअघिसम्म प्रधानमन्त्रीले स्पाइनलका बिरामी श्रीमानलाई हस्तान्तरण गरेको चेक एकाएक प्रशासनले फिर्ता लिएपछि उनी छाँगाबाट खसेझै भइन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












