प्रधानमन्त्री देउवाले दिएको पाँच हजार रुपैयाँको चेक एकैछिनमा खोसियो !
काठमाडौं, १२ माघ । प्रधानमन्त्रीले दिएको चेक एकैछिनमा खोसियो भन्दा अचम्म लाग्न सक्छ । यो घटना कुनै बाहिरि देशको होईन। हाम्रै देशको घटना हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराईरहेका स्पाइनल इन्जुरीका बिरामी धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई पाँच हजार रुपैयाँको चेक दिए ।
उनले दिएको चेक सिंखडाको हातमा परेको केही समयमै खोसिएको हो । त्यो पनि कुनै चोर डाँकु नभई राष्ट्रिय ट्रमा सेन्टर प्रशासनले । प्रधानमन्त्री देउवाले बिहीवारदेखि क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई रकम बाँडेका थिए । ट्रमा सेन्टरमा रकम बाँड्ने क्रममा सिंखडालाई प्रधानमन्त्री देउवाले शैयामै पुगेर पाँच हजारको चेक हस्तान्तरण गरेका थिए । प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवारमा आशा पलाएको थियो ।
उपचारको लागि ऋणको भारीले थिचेका परिवारमा मासिक पाँच हजार पाउने आशा थियो । तर सुजनको परिवारलाई के थाहा प्रधानमन्त्री स्वयमले दिएको चेक, ट्रमा सेन्टरका प्रशासनले आएर खोसेर लान्छ भनेर । उनको हातमा पुगेको केही समयमै अस्पत्ताल प्रशासनले खोसेर लग्यो । सुजनको परिवार छाँगाबाट खसेजस्तै भयो ।
गाउँमा रुख काट्न जाँदा सुजन लडेर घाइते भएका थिए । रुखबाट खसेर उनको ढाड भाँचिएको थियो भने बाँया हात नचल्ने अवस्था पुगेको थियो । उपचारका लागि पुष ४ गते ट्रमा सेन्टर भर्ना भएका सुजनको स्पाइनलमा समस्या रहेका कारण उनी उठ्न समेत सकेका थिएनन् । उपचारकै लागि गाउँमा चिनेका सबैसँग उनको उनीहरुले ऋण माग्न भ्याइसकेका थिए ।
श्रीमान्को यस्तो अवस्थाका कारण श्रीमती सिता सिंखडा निकै पीडामा देखिन्थे । श्रीमानको उपचारमा मात्रै उनले साढे तीनलाख खर्च भइसकेको बताइन् । कमजोर आर्थिक अवस्थाका कारण श्रीमान्को उपचारमै ऋणको भारी बोकिरहेका उनलाई बिहीवार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले शैयामै आएर चेक बाँडेपछि उनको मनमा आशा पलाएको थियो ।
प्रधानमन्त्रीले स्पाइनल इन्जुरीका बिरामी राखिएको वार्डमा चेक बाँड्न आएका थिए । उनका साथमा स्वास्थ्य मन्त्री दीपक बोहरा र अस्पताल प्रशासनका कर्मचारीहरु समेत थिए । बेड नं ५०५ मा रहेका सुजनलाई प्रधानमन्त्रीले पाँच हजारको चेक हस्तान्तरण गरे । प्रधानमन्त्री देउवाको हातबाट चेक पाएपछि सिताको मन निकै प्रफुल्लित थियो भने श्रीमानको उपचारमा लागेको ऋणको भारी हल्का हुने आशा थियो ।
प्रधानमन्त्रीको हातबाट चेक पाएको केहीबेरमै ट्रमा सेन्टरको प्रशासनका एक कर्मचारीले चेक साटिएको भन्दै चेक साटेर ल्याउने भन्दै सितासँगको चेक लिएर गए । सिताले पनि आफ्नो श्रीमानको नामको चेक अर्को व्यक्तिसँग परेको होला भनेर चुप लागिन् । तर त्यसो भएन । गल्तीले सुजनको हातमा प्रधानमन्त्रीले चेक बाँडेको भन्दै सुजनको नाममा चेक नरहेको श्रीमती सितालाई प्रशासनले जवाफ दियो । प्रशासनको यस्तो जवाफ सुनेर उनको परिवार छक्क प¥यो ।
कम्मरमुनिको भाग नचल्ने अर्थात प्यारालाइसिस भएको स्पाइनलको बिरामीलाई मात्रै सरकारले रकम बाँडेको भन्दै प्रशासनले उनको श्रीमानलाई रकम दिन अस्वीकार गर्यो । एकछिनअघिसम्म प्रधानमन्त्रीले स्पाइनलका बिरामी श्रीमानलाई हस्तान्तरण गरेको चेक एकाएक प्रशासनले फिर्ता लिएपछि उनी छाँगाबाट खसेझै भइन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












