भारतीय राजदूतको दिवा भोज खान देउवादेखि प्रचण्डसम्म पुगे लैनचौर, ओली गएनन्
काठमाडौं, १२ माघ । भारतले शुक्रबार ६९ औं गणतन्त्र दिवस मनाएको छ । ६९ औं गणतन्त्र दिवसको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासमा दिवा भोजको आयोजना गरेको छ । दिवा भोज कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, लगायतका विभिन्न दलका शीर्ष नेताहरुले लैनचौर पुगेका छन् ।
भारतीय राजदुत मन्जित सिंह पुरीले दिवा भोजका लागि प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति लगायत दलका शीर्ष नेताहरुलाई निम्तो दिएको थियो । तर कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी भने सहभागी भएकी छैनन् । त्यस्तै एमाले अध्यक्ष केपी ओली पनि दिवा भोजमा गएनन् । दूतावासले दिवास भोजको आयोजना गरेकी दिन ओली सामुदायिक रेडियहरूको सम्मेलनलाई सम्बोधन गर्न पोखरा पुगेका छन् । भारतको ६९ औं गणतन्त्र दिवसको सन्दर्भमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ।
भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो । त्यसैगरी विभिन्न स्थानका ४१ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरिएको छ । भारतीय दूतावासले हालसम्म नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई ६६२ वटा एम्बुलेन्स र १३० वटा बस प्रदान गरिसकेको छ । तस्वीर: रोशन सापकोटा, रासस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












