माओवादी नेताले नै बागलुङका सांसद् देवेन्द्र पौडेलको गालामा दुई झापड हानेपछि…
बागलुङ, १२ माघ । बागलुङमा दुई सांसद कुटिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल र सोही क्षेत्रको प्रदेश (ख) का प्रदेश सभा सदस्य टेकबहादुर घर्ती मगर कुटिएका हुन् । उनीहरु आफ्नै नेताबाट कुटिएका हुन् ।
बिहीबार राति ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले दुई सांसद्माथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दुई सांसदसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए ।
माओवादी केन्द्रका नेता रहेका सांसद पौडेल र राष्ट्रिय जनमोर्चाका नेता रहेका घर्ति संयुक्त वाम गठवन्धनका तर्फबाट हालै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए । उनीहरु दुवैलाई जिताउन अर्याल सक्रियतापूर्वक लागेका थिए ।
बिहीवार दिउँसो निसीखोलामा आयोजित कार्यक्रममा जाने बिषयमा आफुलाई कुनै खबर समेत नगरेको भन्दै अर्यालले शुरुवातमा पौडेललाई दुई झापड हानेका थिए । त्यसलगत्तै धारामा मुख धुन गएका प्रदेश सांसद घर्तीलाई पनि उनले एक मुक्का प्रहार गरे । हातपात गर्ने क्रममा होटलको केही शिशा पनि फुटेको छ । तर दुवै सासंद संयमित भएकाले थप अप्रिय घटना केही हुन पाएन ।
सांसदमाथिको हातपात तथा दुव्र्यवहारबारे प्रश्न गर्दा माओवादी नेता अर्यालले घटना स्वीकार गरे । ‘यो हामीलाई दास सोच्दा र बनाउँदाको अभिव्यक्ति हो’, माननीयद्वयलाई कुट्नुको कारण स्वीकार्दै अर्यालले भने, ‘हामी यिनीहरुलाई जिताउन चाहिने, दिलोज्यान दिएर हिड्नुपर्ने, अहिले चुनाव जितेपछि कार्यक्रममा जाँदा समेत वास्ता नगर्ने ?’
‘होटलमा बसिरहेका बेला तुल्सीजीले मदिरा लगाउनु भएको थियो’, आफूमाथि हातपात भएको मौन स्वीकृतिमा पौडेलले भने, ‘म अहिले सदरमुकाम फर्किएको छु, त्यस्तो ठुलो विषय होइन ।’ रातिको घटनापछि अर्याललाई भेट्न सांसद पौडेल र घर्ती बिहानै बुर्तिबाङ बजारस्थित उनको निवास पुगेका थिए । तर, अर्याल बिहानै उनकै बालुवाखानी पाखुट्टे पुगिसकेकाले भेट हुन हुन सकेन ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












