भारतको गणतन्त्र दिवसमा १० देशका राष्ट्राध्यक्ष विशेष अतिथि, नेपालबाट राजा विरेन्द्र अन्तिम
काठमाडौं, १२ माघ । भारतले शुक्रबार ६९ औं गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विभिन्न कार्यक्रम गरेको छ । आफ्लाई एउटा शक्तिशाली राष्ट्र मान्दै आएको भारतले गणतन्त्र दिवसको अवसरमा आफ्नो शक्ति समेत प्रदर्शन गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा भारत सरकारले विदेशी राष्ट्रप्रमुखहरूलाई सम्मानित अतिथि अर्थात् गेस्ट अफ अनरका रूपमा निमन्त्रण गर्ने गरेको छ । यसपाली दक्षिणपूर्वी एसियाली आसियान मुलुकहरूका राष्ट्रप्रमुखलाई अतिथिका रूपमा निमन्त्रणा गरिएको छ ।
यसपालि पहिलो पटक गणतन्त्र दिवसको समारोहमा एक भन्दा बढी देशका राष्ट्राध्यक्षलाई आमन्त्रण गरिएको थियो । समारोहमा आसियान देशहरु थाइल्याण्ड, भियतनाम, इन्डोनेशिया, मलेशिया, फिलिपिन्स, सिंगापुर, म्यानमार, कम्बोडिया, लाओस र ब्रूनेईका राष्ट्राध्यक्ष मुख्य अतिथि थिए ।
छिमेकी मुलुक नेपालको वर्षौदेखि अपमानः

सन् १९९९ मा नेपालका तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देवलाई गणतन्त्र दिवसको परेडमा गेस्ट अफ अनरका रूपमा निमन्त्रण गरिएको थियो । त्यतिखेर केआर नारायणन भारतका राष्ट्रपति थिए भने अटलविहारी वाजपेयी भारतका प्रधानमन्त्री थिए ।
राजा वीरेन्द्रपछि नेपालका कुनै पनि राष्ट्रप्रमुखलाई भारतको गणतन्त्र दिवस समारोहमा बोलाइएको छैन । १९ वर्षदेखि नेपालका राष्ट्राध्यक्ष भारतको गणतन्त्र दिवसको अवसरमा जान पाएका छैनन् ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











