कुख्यात डाँका टिकाबहादुर थापा ‘टिके’ माथि प्रहरीको इन्काउन्टर प्रयास, हात र खुट्टामा दुई गोली लाग्यो
काठमाडौं, १३ माघ । डिल्ली बजार कारागारबाट भागेका ‘टिके’ भनेर चिनिने कुख्यात डाँका टिकाबहादुर थापा मगरमाथि प्रहरीले गोली चलाएको छ । उनलाई शनिबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चितवनस्थित रामनगरमा गोली चलाएको हो । पक्राउ गर्न गएको प्रहरीको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिँदा टिकेको हात र खुट्टामा गोली लागेको महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी दिए ।
उनको हात र तिघ्रामा दुई वटा गोली लागेका र स्थानीय अस्पतालमा सामान्य उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । विभिन्न अपराधिक घटनामा संलग्न टिके ४ माघमा डिल्लीबजार कारागारबाट भागेका थिए । टिके मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले रामनगरमा चेकजाँच गरेको थियो ।
ना ४७ प ५०५२ नम्वरको मोटरसाइकलमा आएका दुई जना मध्ये पछाडि बस्ने थापाले प्रहरीमाथि फायर खोलेका थिए । जवाफी फायररिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको हो । मोटरसाइकल चालक अर्का कैदी भूपाल थापा भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
* सम्पादकः यसअघि प्रकाशित समाचार सच्याईएको
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












