तपाईले प्रदेशले कहिले बोलायो प्रदेशसभा अधिवेशन, हेर्नुहोस् सूचिसहित
काठमाडौं, १४ माघ । संघीय संरचनामा पहिलोपटक गठन भएका प्रदेशसभाका अधिवेशन धमाधम आह्वान भइरहेका छन्। निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र अनिवार्य रुपमा अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशले आफ्नो पहिलो अधिवेशन आह्वान गरिररहेका हुन् । यतिबेला सातमध्ये पाँच प्रदेशले अधिवेशन आह्वान गरिसकेका छन्।
प्रदेश नम्बर १ र ६ को अधिवेशन भने अझै डाकिएको छैन। संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान र अन्त्य गर्नेछन्। अन्त्यका लागि भने प्रदेश सरकारको सिफारिस आवश्यक पर्नेछ।
प्रदेशसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र सरकार गठन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यसकारण फागुन ५ भित्र सरकार गठन गरिसक्ने गरी अधिवेशन आह्वान गरिएका हुन्।
माघ २४ गतेलाई राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोकिएको छ । राजनीतिक दलहरुले त्यसको पनि तयारी तीब्र पारिरहेका छन् । त्यस्तै प्रदेशको मुख्यमन्त्री तथा प्रदेश सरकार गठनको पनि जोड घटाउ सुरु भईसकेको छ ।
कुन प्रदेशको अधिवेशन कहिले:
प्रदेश १ टुंगो नभएको
प्रदेश २ मा माघ २१ गते
प्रदेश ३ मा माघ १८ गते
प्रदेश ४ मा माघ २२ गते
प्रदेश ५ मा माघ २१ गते
प्रदेश ६ टुंगो नभएको
प्रदेश ७ मा माघ २१ गते
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











