पौडेल समुहको सेखी झार्न शशांकलाई संसदीय दलको नेता बनाउने देउवाको तयारी
काठमाडौं, १५ माघ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेतामा महामन्त्री डा. शशांक कोइरालालाई अघि सार्ने तयारी गरेका छन् । पार्टीले चुनावमा लज्जास्पद हार बेहोरेपछि पार्टीभित्रबाटै चर्को आलोचना खेपिरहेका देउवाले कोइरालालाई संसदीय दलको नेता बताएर नेतृत्व हस्तान्तरणको संकेत दिन खोजेका हुन् ।
पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समुहका भनिएका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसदीय दलको नेतामा आफू प्रतिस्पर्धा गर्ने अभिव्यक्ति दिइरहेका बेला देउवाले पौडेल समुहकै कोइरालालाई अघि सारेर पौडेल समुहलाई कमजोर बनाउने खेल खेलेको अनुमान कतिपय नेताहरुले गरेका छन् ।
पौडेल समुहबाट संसदीय दलको नेतामा दाबी गरेका सिंहलाई पनि देउवाले कोइरालालाई अघि सारेपछि समस्या हुने निश्चित छ । पौडेललाई पनि आफ्नै समुहका नेतालाई देउवाले च्यापेपछि धर्मसंकटमा पर्ने निश्चित छ ।कोइरालालाई नै समर्थन गर्दा प्रकाशमानलाई मनाउनुपर्ने चुनौति छ भने समर्थन नगर्दा आफ्नै समुहबाट महामन्त्रीमा विजयी भएका कोइराला रुष्ट हुने सम्भावना छ ।
देउवाले प्रकाशमानसँग प्रतिस्पर्धा गर्नुभन्दा कोइरालाई अघि सार्दा सहज हुने भएकाले नयाँ रणनीति लिएको बुझिएको छ । यद्यपी देउवाले पौडेल समुहका कोइरालालाई संसदीय दलको नेता बनाउँदा देउवा समुहकै कतिपय नेताहरु भने रुष्ट हुने देखिन्छ ।
पार्टीको पराजयपछि निकै आलोचना खेपेका देउवाले नेतृत्व हस्तान्तरणको माग गर्ने युवा नेताहरुको समुहबाट विश्वप्रकाश शर्मालाई प्रवक्ता र बद्री पाण्डेलाई राष्ट्रियसभाको उम्मेदवार बनाएर युवा नेताहरुको समुह फुटाइसकेका छन् । अब कोइरालालाई अघि सार्दा पौडेल समुह कमजोर बन्ने अनुमान देउवाको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











