दाजुद्वारा आफ्नै ८ बर्षीया बहिनीको बलात्कार गरि हत्या
खोटाङ, १५ माघ । एक युवकले आफ्नै बहिनीलाई बलात्कार गरी हत्या गरेका छन् । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका १६ वर्षीय जीउधन राईले आफ्नै बहिनीको बलात्कारपछि हत्या गरेका हुन् । आफ्नै ८ वर्षीया बहिनीलाई बलात्कार गरि हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।
बालिकाको शव बलात्कारपछि हत्या गरि खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेका थियो । स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । गएको माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राति बगरमा गाडिएको अवस्थामा भेटिएको थियो ।
बालिकालाई बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । आरोपितले शुरुमा खेल्नेक्रममा दुर्घटना भएको र मृत्यु भएको बयान दिए पनि अपराध ढाकछोपका लागि बालिकाको शव बगरमा गाडेको खुलेको प्रहरीले जनाएको छ ।
‘शुरुमा जीउधनले पांग्राको खेलौनामा बालिकालाई गुडाउनेक्रममा ठोक्किएर मृत्यु भएको बयान दिएका थिए’ थापाले भने,–‘उसको बयान, घटनाको प्रकृति र शव परीक्षणबाट जबरजस्ती करणी गरेको पुष्टि भएको छ ।’
घटनाको प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र आरोपितले जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका छन् । घटना लगत्तै पक्राउ परेका जीउधनविरुद्ध हाड नाता करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











