बलात्कारको घटना २० लाखमा मिलाउँदा डीएसपी र इन्सपेक्टरमाथि छानबिन
काठमाडौं, १६ माघ । सामुहिक बलात्कारको घटना प्रकरणमा प्रहरीका अधिकारी नै तानिएका छन् । दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटनामा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी छानविनमा तानिएका हुन् ।
युवती बलात्कार घटना सामान्य मिलापत्रमा मिलाइएको आरोप बाहिरिएपछि महानगरीय प्रहरी परिसरले दुई प्रहरी अधिकारीमाथि छानविन सुरु गरेको हो ।
काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवती सामुहिकरूपमा बलात्कृत भएकी थिईन् । मदिरा पिएका ३ जनाले बलात्कार गरेलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबारमार्ग पुगेकी थिइन् ।
पीडित पक्ष दरबार मार्ग पुगे पनि प्रहरीले उजुरी दर्ता नगरी मिलापत्रका लागि दबाब दिएको पीडित पक्षको आरोप छ । पीडित युवतीले डीएसपी भारती र इन्सपेक्टर ठकुरीको दबाबमा मिल्न लगाइको गुनासो गर्दै आएकी छन् । आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि छ।
सामान्य मिलापत्रमा बलात्कारजस्तो जघन्य अपराध मिलाइएको पीडित युवतीको गुनासोपछि महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो । एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
२० लाखमा कुरा मिलाउँदै थिए प्रहरी अधिकारीः
फेसबुकमा चिनजान र केही समयको कुराकानीपछि युवकको प्रस्तावमा ती युवती बिहीबार होटेल पुगेकी थिइन्। होटलमा युवकले पहिले नै तीनवटा रुम बुकिङ गरेको र साथी समेत बोलाएर राखेका थिए । पीडित युवतीको बयान अनुसार आफुमात्रै आउने बताएपनि पछि अन्य साथिहरुलाई समेत बोलाएका रहेछन् ।
बिहीबार उनीहरुले बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग पुकेकी थिइन्। तर, प्रहरीको सहयोगमा युवतीलाई २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने सहमतिमा उजुरी दर्ता नगरी घटना मिलाइएको थियो।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












