‘हारेको त कांग्रेस हो’ भन्दै प्रधानमन्त्री देउवाले लेखे राष्ट्रपतिलाई राजीनामा पत्र
काठमाडौं, १६ माघ । यतिबेला नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सबैको चर्चामा छन् । निर्वाचनमा पार्टी पराजित गराएको आरोप लगाउँदै कांग्रेस नेता कार्यकर्ताहरुले पार्टी सभापतिबाट देउवाको राजीनामा माग गरिरहेका छन् ।
त्यस्तै एमाले कांग्रेस लगायतका पार्टीहरुले पनि प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरिरहेका छन् । तर देउवा भने कुनै निकास नदिई राजीनामा नदिने अडानमा छन् । यस्तै अवस्थामा देउवामाथि व्यंग प्रहार गर्दै लेखक ईश्वर अर्यालले प्रधानमन्त्रीको राजीनामा लेखेका छन् । हेरौं यस्तो छ उनले लेखेको व्यंगात्मक राजीनामा पत्रः
सम्माननिय राष्ट्रपति ज्यु !
बिषयः राजिनामा दिने सन्दर्भमा
उपर्युक्त बिषयमा म शेर बहादुर देउवा यस मुलुकको प्रधानमन्त्रीको रुपमा बहाल रहेको कुरा त यहाँले मलाई सपथ गराएदेखी नै थाहा होला । अझ ६४ सदस्यीय मन्त्रीपरिषद बिस्तार गर्दा त ठुलै होहल्ला भएको थियो, यहाँलाई थाहा नहुने कुरै भएन ।
कम्युनिष्ट अधिनायकवाद ल्याउन भनेर कस्सिएका एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछी चुनावमा नराम्रोसंग पराजय भोगियो, भनेर भन्देखुन लाई । अब प्रतिपक्षीहरु र हुँदा हुँदा आफ्नै पार्टीकाले पनि राजिनामा दे, राजिनामा दे भन्दै हिँड्या छन् । अरे बाबा, हारेको त कांग्रेस हो, मैले त धेरै मत ल्याएर जितेको छु नी, किन राजिनामा दिनु ?
यस्तो अप्ठेरो परेको बेलामा लोकतन्त्र लगेर बुझाउने ठाउँ छैन । ज्ञानेन्द्रलाई बुझाउँ, उनी नागार्जुनतिर कहाँ बस्छन था छैन । दिल्लीलाई बुझाउँ भने मैलाई देश निकाला गर्लान भन्ने पीर छ । ज्योतिषीले सातपटक प्रधानमन्त्री हुन्छस भन्थे, यहाँ सात दिन टिक्न नदेलान जस्तो भैसक्यो । अरे बाबा ! अर्को बालुवाटार बनाएर त्यहिँ बसे भैहाल्यो नी । दुईवटा प्रधानमन्त्री हुन्नन भनेर संबिधानमा लेख्या छैन क्यारे ।
त्यही पनि यो राजिनामा लेखेर गोजीमा राखेर हिँड्या छु । हारेकालाई ‘पराजित’ भन्नेहरुसंग मेरो असहमती छ । ‘उपबिजेता’ या ‘सहबिजेता’ भन्दिए कसको के जान्थ्यो र भनेर भन्देखुनलाई ?
राष्ट्रपति निवाससम्म राजीनामा ल्याउने मेरो हिम्मत भएन । कसैले मेरो कोटको गोजीबाट बरामद गरेर ल्याईदियो भने स्विकार गरियोस भन्न चाहन्छु ।
उहि भवदिय प्रधानमन्त्री
शेर बहादुर देउवा
(देउवाले साच्चिकै राजिनामा भने दिएका छैनन्)
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












