‘हारेको त कांग्रेस हो’ भन्दै प्रधानमन्त्री देउवाले लेखे राष्ट्रपतिलाई राजीनामा पत्र
काठमाडौं, १६ माघ । यतिबेला नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सबैको चर्चामा छन् । निर्वाचनमा पार्टी पराजित गराएको आरोप लगाउँदै कांग्रेस नेता कार्यकर्ताहरुले पार्टी सभापतिबाट देउवाको राजीनामा माग गरिरहेका छन् ।
त्यस्तै एमाले कांग्रेस लगायतका पार्टीहरुले पनि प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरिरहेका छन् । तर देउवा भने कुनै निकास नदिई राजीनामा नदिने अडानमा छन् । यस्तै अवस्थामा देउवामाथि व्यंग प्रहार गर्दै लेखक ईश्वर अर्यालले प्रधानमन्त्रीको राजीनामा लेखेका छन् । हेरौं यस्तो छ उनले लेखेको व्यंगात्मक राजीनामा पत्रः
सम्माननिय राष्ट्रपति ज्यु !
बिषयः राजिनामा दिने सन्दर्भमा
उपर्युक्त बिषयमा म शेर बहादुर देउवा यस मुलुकको प्रधानमन्त्रीको रुपमा बहाल रहेको कुरा त यहाँले मलाई सपथ गराएदेखी नै थाहा होला । अझ ६४ सदस्यीय मन्त्रीपरिषद बिस्तार गर्दा त ठुलै होहल्ला भएको थियो, यहाँलाई थाहा नहुने कुरै भएन ।
कम्युनिष्ट अधिनायकवाद ल्याउन भनेर कस्सिएका एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछी चुनावमा नराम्रोसंग पराजय भोगियो, भनेर भन्देखुन लाई । अब प्रतिपक्षीहरु र हुँदा हुँदा आफ्नै पार्टीकाले पनि राजिनामा दे, राजिनामा दे भन्दै हिँड्या छन् । अरे बाबा, हारेको त कांग्रेस हो, मैले त धेरै मत ल्याएर जितेको छु नी, किन राजिनामा दिनु ?
यस्तो अप्ठेरो परेको बेलामा लोकतन्त्र लगेर बुझाउने ठाउँ छैन । ज्ञानेन्द्रलाई बुझाउँ, उनी नागार्जुनतिर कहाँ बस्छन था छैन । दिल्लीलाई बुझाउँ भने मैलाई देश निकाला गर्लान भन्ने पीर छ । ज्योतिषीले सातपटक प्रधानमन्त्री हुन्छस भन्थे, यहाँ सात दिन टिक्न नदेलान जस्तो भैसक्यो । अरे बाबा ! अर्को बालुवाटार बनाएर त्यहिँ बसे भैहाल्यो नी । दुईवटा प्रधानमन्त्री हुन्नन भनेर संबिधानमा लेख्या छैन क्यारे ।
त्यही पनि यो राजिनामा लेखेर गोजीमा राखेर हिँड्या छु । हारेकालाई ‘पराजित’ भन्नेहरुसंग मेरो असहमती छ । ‘उपबिजेता’ या ‘सहबिजेता’ भन्दिए कसको के जान्थ्यो र भनेर भन्देखुनलाई ?
राष्ट्रपति निवाससम्म राजीनामा ल्याउने मेरो हिम्मत भएन । कसैले मेरो कोटको गोजीबाट बरामद गरेर ल्याईदियो भने स्विकार गरियोस भन्न चाहन्छु ।
उहि भवदिय प्रधानमन्त्री
शेर बहादुर देउवा
(देउवाले साच्चिकै राजिनामा भने दिएका छैनन्)
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












