को को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् मुख्य दावेदार प्रतिस्पर्धी
काठमाडौं, १७ माघ । एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ। सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
एमाले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादीले उपसभामुख र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशका एमालेको उपसभामुख हुने छन्। एमालेको स्थायी समिति बैठकले सर्वसम्मत भएका चुनावी प्रक्रियाबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको छ। पार्टीको यस्तो निर्णय आएपछि नेताहरु तीब्र लविङमा लागेका छन्।
प्रदेश १ मा भीम र शेरधनः
प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिव्यूरो सदस्य शेरधन राईको चर्को प्रतिस्पर्धा हुने देखिएको छ। माधव नेपाल समूहका आचार्य र अध्यक्ष केपी ओलीनिकट राई दुवैले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।
आचार्य र राईको घम्साघम्सीमा छिर्के दाउ लगाउने प्रत्यत्नमा जीवन घिमिरे पनि लागेका छन्। विराटनगरमा पत्रकार सम्मेलन गरेर घिमिरेले आफू माधव नेपाल र झलनाथ खनाल समूहबाट मुख्यमन्त्रीको दाबेदार भएको बताएका छन्।
प्रदेश २ मा फोरम र राजपाको घम्साघम्सीः
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच मुख्यमन्त्रीमा चर्को प्रतिस्पर्धा छ। २९ सिट जितेर ठूलो दल बनेको संघीय समाजवादी फोरमबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव मुख्य दाबेदार रहेका छन्।
यादव समुदायकै भएका प्रतिस्पर्धामा विजय यादव अगाडि देखिएका छन्। राजनीतिक समितिका सदस्य शैलेन्द्र शाह समेत दाबेदारका रुपमा देखिका छन्। फोरमले मुख्यमन्त्री लिएर सभामुखमा राजपालाई दिने सोचाई बनाएको छ। उता २५ सिट जितेको राजपाका महासचिव मनीष सुमन र नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको दाबेदारी गरेका छन्। उता राजपा अन्तिमसम्म मुख्यमन्त्रीको दाबेदारी नछोड्ने पक्षमा देखिएको छ।
प्रदेश ३ अष्टलक्ष्मी र राजेन्द्रः
प्रदेश ३ मा मुख्यमन्त्रीका धेरै आंकाक्षी देखिएका छन्। काठमाडौँ क्षेत्र नम्बर ८ (ख) बाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्य दाबेदार रहेकी छन्। पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे मुख्यमन्त्री अर्का दाबेदार हुन्। धादिङ क्षेत्र नम्बर १ (क) बाट विजयी पाण्डे गुटपरिवर्तन गरेर मुख्यमन्त्रीको दौडमा लागेका छन्। नेपाल गुटबाट पाण्डे पार्टी उपाध्यक्षमा लडेका थिए। अष्टलक्ष्मी समेत नेपाल गुटकै हुन् ।
यहाँ मुख्यतः अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ। अष्टलक्ष्मी र राजेन्द्रसँगै पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ, केशव स्थापित र अरुण नेपाल समेत मुख्यमन्त्रीका दाबेदारमा देखिएका छन्। एक मात्र महिला दाबेदार अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनुपर्ने लविङ महिलाहरुले गरिहेका छन्।
प्रदेश ४ मा दुई गुरुङः
प्रदेश ४ मा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिब्यूरो सदस्य किरण गुरुङ मुख्य दाबेदार छन्। पृथ्वी सुब्बा अध्यक्ष ओलीनिकट हुन् भने किरण गुरुङ पार्टी उपाध्यक्ष वामदेव गौतमनिकट हुन्। दुई गुरुङ मुख्यमन्त्रीका लागि जोडतोडका साथ लविङमा लागेका छन्। दुई गुरुङ बीच आधा आधा कार्यकाल मुख्यमन्त्री बनाएर मनाउने कोसिसमा केही एमाले नेताहरु लागेका छन्।
प्रदेश ५ शंकर निर्विकल्पः
प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र्निविकल्प देखिएका छन्। उनी प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा समेत निर्वाचित भइसकेको छ। प्रदेश ५ को सभामुख भने माअोवादीले पाउने छ।
प्रदेश ६ मा महेन्द्र र नरेशः
प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाउने भएको छ। यहाँ माओवादीबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका छन्। पार्टी अध्यक्ष निकट शाही र नेता रामबहादुर थापा ‘बादल’ निकट भण्डारी दुवै मुख्यमन्त्रीको लविङ गरिरहेका छन। भण्डारी बादलसँगै वैद्य समुहबाट पाटीमा फिर्ता आएका हुन्।
कुल ४० प्रदेश सभामा २० सिट जितेको एमालेका प्रदेश सभाका सांसदले पनि आफुुहरुले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरिरहेका छन्। एमालेबाट प्रदेश इन्चार्ज यमलाल कँडेल र पोलिव्यूरो सदस्य प्रकाश ज्वालाले पनि मुख्यमन्त्रीको दाबी गरेका छन्। एमालेका दाबेदारहरु सभामुख र मन्त्रीमा व्यवस्थापन हुने देखिएको छ।
प्रदेश ७ वीरमान र झपडबहादुरः
प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने छ। यहाँ राष्ट्रियस्तरका नेता प्रदेश सभामा नलडेका कारण प्रदेश र जिल्लास्तरका नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन्। कैलालीका पुराना माओवादी नेता वीरमान चौधरी र अछामका झपडबहादुर बोहरा मुख्यमन्त्री प्रमुख दाबेदार रहेका छन्।
चौधरी कैलाली क्षेत्र नम्बर ३ (ख) बाट विजयी भएका हुन् भने बोहरा अछाम क्षेत्र नम्बर १ (ख) बाट बिजयी भएका हुन्। थारु समुहबाट एक मात्र दाबेदार रहेकाले यहाँ चौधरीको पल्ला भारी रहेको छ। डोटीका त्रिलोचन भट्ट र दार्चुलाका मानसिंह धामी पनि मुख्यमन्त्री दाबेदारका रुपमा देखिएका छन्। एमालेका प्रकाश शाहलाई सभामुखमा व्यवस्थापन गर्न लागिएको छ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











