महाकाली सिँचाइ नहर निर्माण तीव्र गतिमा, भारतले दिने १६ अर्ब अझै आएन्
भीमदत्तनगर, १७ माघ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालू आर्थिक वर्षमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको छ । पन्ध्र किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा समूहमा ठेक्का दिइएको छ ।
आगामी चैत महिनादेखि नै नहर निर्माणको काम शुरु हुने आयोजनाको कार्यालयले जनाएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरमा सिनियर डिभिजनल इन्जिनियर (सिडिइ) वीरसिंह धामीले तेस्रो चरणअन्तर्गत नहर निर्माणको ठेक्का भइसकेको जानकारी दिनुभयो । बितेको तीन वर्षमा तेस्रो चरणअन्तर्गत करिब १३ किलोमिटर मूल नहर निर्माण भइसकेको छ भने १३ दशमलव ६ मिटर चौडाइको मूल नहर कैलालीको मालाखेतीसम्म पु¥याउने लक्ष्य छ ।
चालू आर्थिक वर्षबाट १२ दशमलव ६९० किलोमिटरबाट नहर निर्माण शुरु भएर करिब २८ किलोमिटरसम्म आगामी तीन वर्षभित्र पुग्ने छ । “अबको तीन वर्षभित्र शुक्लाफाँटा नगरपालिकाको उत्तरमा रहेको फुलेली गाउँसम्म मूल नगर पुग्छ,” उहाँले भन्नुभयो– “पन्ध्र किलोमिटर नहर निर्माणका लागि रु दुई अर्ब ९४ करोड निर्माणमा खर्च हुनेछ ।”
उहाँले आयोजनाअन्तर्गतको नहर निर्माण भए कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५२० हेक्टर सिँचाइ हुनेछ । “पहिलो र दोस्रो चरणबाट कञ्चनपुरमा ११ हजार ७०० हेक्टर सिँचित भएको छ,” धामीले भन्नुभयो– “तोकिएको समयसीमाभित्र नहर निर्माण पूरा हुने सम्भावना निकै कम छ ।” स्वीकृत योजनाअनुसार सन् २०२२ भित्र नहर निर्माण सक्ने भनिए पनि हालसम्म थोरै नहर निर्माण भएको छ ।
त्यसैगरी भारतले तेस्रो चरणको निर्माणका लागि दिने भनेको बजेट अहिलेसम्म प्राप्त नभएको उहाँले बताउनुभयो । “अहिलेसम्म सरकारकै लगानीमा नहर बन्दैछ ।” उहाँले भन्नुभयो– “तेस्रो चरणका लागि भारतले दिने भनेको रु १६ अर्ब यहाँ आइपुगेको छैन ।” तेस्रो चरण नहरको टनकपुर क्षेत्रको भारतीय भूमिमा करिब १ दशमलव २ किलोमिटर नहर भारतले निर्माण गर्नुपर्ने एकीकृत महाकाली सन्धिमा उल्लेख छ ।
झण्डै १३ किलोमिटर नहर निर्माणका लागि गत पुस मसान्तसम्म रु एक अर्ब ६० करोड खर्च भइसकेको आयोजनाको कार्यालयले जनाएको छ । “रु ६० करोड मुआब्जामै खर्च भयो,” आयोजनाका सिडिइ धामीले भन्नुभयो– “शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर निर्माणका लागि प्रक्रिया अघि बढेको छ ।” नहरसँगै साइफन, पुल, ग्रामीण पुल र सडकमा ग्राइभेललगायत काम भइरहेका छन् । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












