देउवालाई योगेश भट्टराईको सल्लाह, ‘अब सन्यास लिएर किताब लेख्नुहोस्’
काठमाडौं, १७ माघ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई गजबको सल्लाह दिएका छन् । मंगलबार नेपाल टेलिभिजनको ३३ औ स्थापना दिवसका अबसरमा एउटै कार्यक्रममा देउवा र भट्टराई उपस्थित भए ।
उक्त कार्यक्रममा नेता भट्टराईले प्रधानमन्त्री देउवालाई राजनीतिबाट सन्यास लिन सुझाव दिए । उक्त कुराको जानकारी स्वयंम भट्टराईले सामाजिक सञ्जालबाट गराएका छन् । प्रधानमन्त्रीसँग हार मिलाएर बसेको बेला नेता भट्टराईले छोटो कुराकानी र हाँसो ठट्टा गर्न भ्याए ।
भट्टराईले देउवालाई अर्को महिना प्रधानमन्त्री भएपछि फुर्सद हुने भयो, के गरेर समय बिताउनुहुन्छ भनेर सोध्दा देउवाले आराम गर्छु भनेर जवाफ दिए । त्यसपछि भट्टराईले उहाँलाई किताब लेख्ने सल्लाह दिए ।
देशदेखि विदेशसम्म, राजादेखि अरु पार्टीसँग, अनि आफ्नै पार्टीका अरु नेताहरुसँगको सम्बन्धबारेका अनुभव अरुका लागि पनि कामलाग्दा हुने भन्दै भट्टराईले यस्तो किताब धेरै बिक्ने र पैसा पनि आउने कुरा सुनाएपछि देउवा मख्ख भए । देउवाले यो प्रस्ताव मन पराएको र घरमा खाना खाने निम्तो सहित थप कुरा गर्ने जवाफ दिएको नेता भट्टराईले फेसबुकमार्फत जानकारी गराएका छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












