बलात्कारीसँग पैसा लिएर पीडितको बयान नलिने इन्सपेक्टर ठकुरी हिरासतमा, डीएसपी परिसर तानिए
काठमाडौं, १७ माघ । आर्थिक लेनदेनमा बलात्कारको घटना मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपी महानगरी प्रहरी परिसर काठमाडौंमा तानिएका छन्। बृतका प्रमुख डिएसपी तिलक भारतिलाई परिसर तानिएको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए । उनले भने ‘अनुसन्धानको क्रममा परिसरमा तानेका हौं।’
कारबाहीमा पर्नेमा भारतीसँगै इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि छ।
गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग बृत पुगेकी थिइन्। तर, बृतले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।
घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजगत्वमा तीन सदस्य समिति बनाएर छानविन सुरु गरेको छ। राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।
शुक्रबार बिहान करिब ८ बजे उनीहरूले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् । केटा साथीसँग होटलमा बसेकी युवती उनकै ३ साथीबाट ‘बलात्कृत’ भएको घटनाको उजुरी नलिई दरबारमार्ग प्रहरीले ‘लेनदेन गरेको’ थियो । ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्याइदिएका थिए ।
महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्याएका थिए । दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहानै होटलसम्म पुगेर घटनास्थलको अवलोकनसमेत गरेको थियो ।
युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए । तर, प्रहरीले पीडितले दिएको लिखित निवेदन नै दर्ता गर्न मानेन । घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालयले घटनाबारे जानकारी पाएको थियो । बालाजु प्रहरी वृत्तमा दरबन्दी भई दरबारमार्ग वृत्तमा काम गरिरहेका ठकुरी उक्त घटनालाई दर्ता गर्नभन्दा ‘मिलाउन’तिर लागेको पाइएको थियो ।
घटना सार्वजनिक भए सामाजिक अवगाल आइपर्ने र मुद्दामामिलाको झन्झट ब्यहोर्नुपर्ने भन्दै मोटो रकमको आश्वासन दिइएको थियो । युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा कुरा थामथुम पारिएको थियो । उच्च शक्तिकेन्द्रको पारिवारिक सदस्य रहेका एक युवकको पहुँचका भरमा दरबारमार्ग वृत्तले घटना गुपचुप राखेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












