बलात्कारीसँग पैसा लिएर पीडितको बयान नलिने इन्सपेक्टर ठकुरी हिरासतमा, डीएसपी परिसर तानिए
काठमाडौं, १७ माघ । आर्थिक लेनदेनमा बलात्कारको घटना मिलाएको आरोपमा महानगरीय प्रहरी बृत दरबारमार्गका डिएसपी महानगरी प्रहरी परिसर काठमाडौंमा तानिएका छन्। बृतका प्रमुख डिएसपी तिलक भारतिलाई परिसर तानिएको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए । उनले भने ‘अनुसन्धानको क्रममा परिसरमा तानेका हौं।’
कारबाहीमा पर्नेमा भारतीसँगै इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी समेत छन्। निरिक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ। आर्थिक प्रलोभनमा पीडित युवतीको उजुरी नै नलिई घटना मिलाएको आरोप उनीहरुमाथि छ।
गत बिहीबार काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग बृत पुगेकी थिइन्। तर, बृतले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो।
घटनापछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रामदत्त जोशीको संयोजगत्वमा तीन सदस्य समिति बनाएर छानविन सुरु गरेको छ। राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।
शुक्रबार बिहान करिब ८ बजे उनीहरूले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् । केटा साथीसँग होटलमा बसेकी युवती उनकै ३ साथीबाट ‘बलात्कृत’ भएको घटनाको उजुरी नलिई दरबारमार्ग प्रहरीले ‘लेनदेन गरेको’ थियो । ट्याक्सीका चालकले युवतीको अनुरोधपछि उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुर्याइदिएका थिए ।
महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेपछि युवतीले प्रहरीसामु आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । घटना सुनेलगत्तै कमलपोखरी वृत्तका प्रहरीले युवतीलाई घटना भएको एरिया हेर्ने महानगरीय प्रहरी वृत्त, दरबारमार्ग पुर्याएका थिए । दरबारमार्ग वृत्तका प्रहरीले शुक्रबार बिहानै होटलसम्म पुगेर घटनास्थलको अवलोकनसमेत गरेको थियो ।
युवतीसहित बसेको कोठामा मदिराका बोतल थिए । तर, प्रहरीले पीडितले दिएको लिखित निवेदन नै दर्ता गर्न मानेन । घटनाको ४ दिनपछि सोमबार मात्रै प्रहरी प्रधान कार्यालयले घटनाबारे जानकारी पाएको थियो । बालाजु प्रहरी वृत्तमा दरबन्दी भई दरबारमार्ग वृत्तमा काम गरिरहेका ठकुरी उक्त घटनालाई दर्ता गर्नभन्दा ‘मिलाउन’तिर लागेको पाइएको थियो ।
घटना सार्वजनिक भए सामाजिक अवगाल आइपर्ने र मुद्दामामिलाको झन्झट ब्यहोर्नुपर्ने भन्दै मोटो रकमको आश्वासन दिइएको थियो । युवतीलाई २० लाख रुपैयाँ बराबरको पसल खोलिदिने र ३० लाख नगदै दिने सर्तमा कुरा थामथुम पारिएको थियो । उच्च शक्तिकेन्द्रको पारिवारिक सदस्य रहेका एक युवकको पहुँचका भरमा दरबारमार्ग वृत्तले घटना गुपचुप राखेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











