वीरगञ्जलाई प्रादेशिक राजधानी बनाए मुख्यमन्त्रीलाई १ करोड ५६ लाखको गाडी !
वीरगञ्ज, १७ माघ । वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्ने माग राखेर संघर्षरत समितिले मुख्य मन्त्रीका लागि दिने गाडी समेत सार्वजनिक गरेको छ । वीरगञ्जको घण्टाघरमा जारी रिले अनसनस्थलमा १ करोड ५६ लाख रुपैयाँ पर्ने गाडी सार्वजनिक गरिएको हो ।
संर्घष समितिका सदस्य एवं नेसनल मेडिकल कलेजका प्रबन्धक बसरुदिन अन्सारीले यसअघि नै वीरगञ्जलाई प्रदेश नम्बर २ को प्रादेशिक राजधानी बनाएको खण्डमा मुख्य मन्त्रीलाई चढ्न गाडी दिने घोषणा गरेका थिए ।
बुधबार दिनभर १ करोड ५६ लाख मुल्य पर्ने बा १८ च ९७३४ नम्बरको पजेरो अनसन स्थलमा राखेर प्रदर्शन गरिएको थियो । गाडी दिने घोषणा गरेका अन्सारीले वीरगञ्जले देशलाई नै थेग्ने हैसियत राख्ने बताउँदै मुख्यमन्त्रीको लागि गाडी उपलब्ध गराउनु ठूलो कुरा नभएको प्रतिक्रिया दिए ।
वीरगञ्जलाई प्रादेशिक राजधानी घोषणा गरिए मुख्यमन्त्री, मन्त्रीहरुका लागि क्वार्टर र मन्त्रालय सञ्चालनको लागि संघर्ष समितिले थप सेवा सुबिधाको व्यवस्था मिलाउने संघर्ष समितिका प्रवक्ता ओमप्रकाश सर्राफले जानकारी दिए ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











