महिला अस्मिताको विषयमा मिलापत्र गर्नेलाई कारबाही हुन्छः आईजीपी अर्याल
काठमाडौं, १८ माघ । नेपाल प्रहरी महानिरिक्षक प्रकाश अर्यालले दरबारमार्ग बलात्कार काण्डका विषयमा बल्ल मुख खोलेका छन् । केही दिन अघि भएको बलात्कार काण्ड प्रहरीले अधिकारीले आर्थिक प्रलोभनमा परेर मिलाएपछि प्रहरी भित्रै ठुलो खैल्लाबैल्ला मच्चिएको छ । यो काण्डपछि घटना मिलाउने इन्सपेक्टर अजयसिंह ठकुरी प्रहरी हिरासतमा छन् । भने दरवारमार्ग वृत्तका प्रहरी प्रमुख डीएसपी तिलक भारती अनुसन्धानको घेरामा छन् ।
यसैविषयमा प्रहरी प्रमुख अर्यालले महिला अस्मिताको विषयमा कहि कतै मिलापत्र भएको रहेछ भने संलग्न सबैलाई कारवाही गर्ने स्पष्ट पारेका छन् । उक्त काण्ड भएको भनिएको भवनको उद्घाटन गर्न बिहिवार विहान दरबारमार्ग पुगेका महानिरिक्षक अर्यालले यो घटनालाई ‘सुन्दर भवनमा भएको असुन्दर काम’ भनेका छन् र यसमा संलग्न दोषीहरुलाई कारबाही गरिने बताए ।
यसबारे छानविन भइरहेको भन्दै उनले भने, ‘महिला अस्मिताको विषय मिलापत्रको विषय हुनसक्दैन ।’ यो घटनाबाट प्रहरीले पाठ सिक्नु पर्ने भन्दै प्रहरी प्रमुख अर्यालले आफ्नो मातहतमा रहेका युनिटहरुको अनुगमन गर्न पनि प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले रेगुलर पुलिसिङमा जोड दिएका छन् ।
यसघटनामा संलग्न हुनसक्ने कुनै प्रहरी अधिकृत निलम्बित भइसकेको, अन्य निलम्बित हुने क्रममा छन्। कसुर ठहरिएमा कडा भन्दा कडा कारबाहीको भागिदार हुने उनको भनाई छ । सो घटनामा प्रहरीकै माथिल्लो निकायमा रहेका व्यक्तिको समेत हात रहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
सम्भवत उनि समेत छानविनको घेरामा तानिन सक्ने बताइएको छ । दरबारमार्ग प्रहरीमा विगतमा समेत यस्ता घटनाहरु घेरै रहेको भन्दै पिडितलाई जवरजस्ती कागज गराईएका घटना अरुपनि रहेका त्यहा कार्यरत जुनियर प्रहरी अधिकृतहरु बताउने गर्दछन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












