७ वर्षदेखि थ्री गर्जेजको हातमा रहेको पश्चिम सेती स्वदेशी लगानीमै बनाउनुपर्ने माग
काठमाडौं, १८ माघ । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानी बन्नुपर्ने माग बढ्न थालेको छ । पश्चिम सेतीको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजले प्रभाकारी काम नगरेपछि स्वदेशी लगानीमा नै आयोजना बनाउनुपर्ने माग बढेको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को सहकार्यमा सुदूरुपश्चिम सरोकार मञ्चले छलफल कार्यक्रम आयोजना गरेको सात दिन पनि नपुग्दै मञ्चले पुनः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले लगायतलाई भेटेर तत्काल स्वदेशी लगानीमा नै निर्माण गर्न आग्रह गरेका हुन् ।
सो आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनीको सम्पूर्ण माग र चासोलाई सरकारले सम्बोधन गरेपनि उसले एक पछि अर्को गर्दै नयाँ नयाँ शर्त थप्दै लगेको छ । प्रसारण लाइन निर्माण सरकारले गर्ने भएको छ । सवस्टशेन निर्माणका लागि सरकारले जग्गा समेत खरिद गरिसकेको छ । तर अहिले आएर चिनियाँ कम्पनीले आयोजना बहुउद्देश्यिय बनाउनुपर्ने र विद्युत् खरिद दर बढाउनुपर्ने शर्त अगाडि सारेको छ ।
करिब १६ वर्ष अष्ट्रेलियन कम्पनी स्मेकको पोल्टामा रहेको आयोजना पछिल्ला सात वर्ष चिनियाँ कम्पनी थ्री गर्जेजको हातमा रहेको छ । आयोजना बन्ला र आर्थिक समृद्धिको ढोका खुल्ला भन्ने आशामा अहिलेसम्म कुनै प्रगति नभएको देख्दा प्रदेश ७ का जनता निराश भएका छन् ।
सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिभाषित गरेको छ । तर कार्यप्रगति भने सधैँ शून्यकै हाराहारीमा रहेको छ । चिनियाँ कम्पनी किन आयोजनालाई द्रुतत्तर रुपमा अगाडि बढाउन तयार छैन भन्ने तथ्यबाट देखिएको ऊर्जा सचिव अनुपकुमार उपाध्यायको भनाइ छ । उनले आयोजनाबाट जतिसक्दो चाँडो चिनियाँ कम्पनी भाग्न लागेको आफूले अनुभव गरेको बताए ।
उसले उठाएका अधिकांश माग सरकार र नेपाल विद्युत् प्राधिकरणले सम्बोधन गर्दासमेत परियोजना अगाडि बढ्न नसक्नुको पछाडि काम गर्ने मनसाय नै नभएको देखिएको उनको भनाइ छ । आयोजनामा चिनियाँ कम्पनीको ७५ प्रतिशत र प्राधिकरणको २५ प्रतिशत शेयर रहने व्यवस्था गरिएको छ । आयोजनाको अनुमानित कुल लागत १ खर्ब ६२ अर्ब बराबर रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












