प्रदेश ३ को प्रदेश सभा बैठक माघ २७ गते बस्नेगरी स्थगित, आज के-के निर्णय गर्यो ?
हेटौंडा, १८ माघ । प्रदेश ३ को पहिलो प्रदेश अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ । हैटौँडास्थित क्षेत्रीय शिक्षा निर्देशनालयमा बिहीबार बसेको बैठकले माघ २७ गतेलाई सभामुख निर्वाचन गर्ने निर्णय गरेको छ । प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकको सहमति अनुसार २७ गतेको सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।
सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने जेष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले जानकारी दिए । प्रदेशसभामा एमालेको एकल बहुमत छ । वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ । उपसभामुख माओवादीले पाउनेछ । प्रदेशसभाको सभामुखमा डोरमणि पौडेलनै कायम हुन सक्ने बताईएको छ ।
प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पास भएको छ । प्रदेशसभा सञ्चालनका लागि रामेश्वर फुयाल, शोभा शाक्यसहित चार जना रहेको समिति बनेको छ । बैठकमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, नेपाली कांग्रेसका इन्द्रबहादुर बानिया, माओवादी केन्द्रका शालिकराम जमरकट्टेल, विवेकशिल साझाका रमेश पौडेल, नयाँ शक्तिका प्रेम तामाङ, नेमकिपाका सुरेन्द्र गोसाई, राप्रपा प्रजातान्त्रिकका रिता गुरुङ, राप्रपाका रिता माझीले बोलेका थिए। बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका थिए। यस प्रदेशसभाका कूल ११० सदस्य छन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












