दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ ट्वीस्टः पीडित युवतीले भनिन्, ‘सहमतिमै सेक्स गरेका हौं’
काठमाडौं, १८ माघ । प्रहरीवृत भित्र भूईचालो ल्याएको भनिएको दरवारमार्ग बलात्कार प्रकरणले नयाँ मोड लिएको छ । गत बिहीबार काठमाडौंको दरबारमार्गमा भएको सामूहिक बलात्कार घटनाकी पीडित युवतीले प्रहरीसमक्ष दिएको बयानपछि नयाँ मोड लिएको हो । प्रहरी सम्पर्कमा आएर दिएको बयानका क्रममा ती युवतीले आफुहरुबीच सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बताएकी छिन् ।
बुधबार साँझ पीडित युवती काठमाडौं प्रहरी परिसरको सम्पर्कमा आएपछि बयान लिन थालिएको छ । यसअघि उनी प्रहरीको सम्पर्कबाट बाहिर थिइन् । घटनाको छानबिन गर्न काठमाडौं प्रहरी परिसरले गठन गरेको समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले बुधबार साँझ युवती सम्पर्क आएपछि बयान लिइएको बताए ।
पीडित युवतीले उनको प्रेमी भनिएका शैलेश कार्कीसँग सहमतिमै ‘शारीरिक सम्पर्क’ भएको बयान दिएकी छिन् ।घटनाको भोलिपल्ट शुक्रबार पीडित युवतीले महानगरीय प्रहरी वृत, दरबारमार्गमा मौखिक उजुरी दिएकी थिइन् । तर, प्रहरीको मिलेमतोमा घटनालार्इ लुकाइएको आरोप लागेको छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी आफ्नै संगठनको थुनामा राखेको छ । उनलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको हो । वृतका डिएसपी तिलक भारतीलार्इ समेत काठमाडौं प्रहरी परिसरमा तानिएको छ ।
महानरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार बुधवार साँझ टेकु पुगेकी युवतीलाई छानविन समितिका एक सदस्यले बयान लिँदा ‘रामेछापका शैलेश कार्की आफ्नो केटासाथी भएको र सहमतिमै त्यो साँझ एकपटक शारीरिक सम्पर्क भएको’ बताएकी थिइन् । तर, ती सदस्यले त्यसरी घटना लुकाए ‘राम्रो नहुने’ भन्दै यथार्थ बताउन आग्रह गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












