भारतीय विदेश मन्त्री स्वराज काठमाडौंमा, एमालेले होटल सोल्टीमा रात्रीभोज दिने
काठमाडौं, १८ माघ । दुई दिने भ्रमणका लागि भारतीय विदेश मन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छन्। विदेश मन्त्रालयका उच्चअधिकारीसहित विशेष विमानबाट स्वराज दिउँसो नेपाल आइपुगेकी हुन्। उनले आजैबाट राजनीतिक भेटघाट सुरु गर्ने छिन्।
भारतीय विदेश मन्त्रालयले स्वराजको भ्रमण दुई देशबीचको राजनीतिक भ्रमणको निरन्तरता भएको बताएको छ।सन् २०१४ मा विदेश मन्त्री बनेपछि स्वराज सातौं पटक नेपाल आएकी हुन्। मंसिरमा प्रदेश र प्रतिनिधि सभाको चुनाव भएर वाम गठबन्धनले बहुमत ल्याएपछि भने उनले पहिलो पटक नेपाल भ्रमण गर्दै छन्।
यसैबीच चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले स्वराजको सम्मानमा आज रात्रीभोज आयोजना गरेको छ। होटल सोल्टीमा हुने रात्रीभोजका क्रममै एमाले अध्यक्ष केपी शर्मा ओली र स्वराजबीच भेट हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए।
स्वराजले राजपाका नेताहरुसँग पनि राति आठ बजे सोल्टी होटलमै भेट गर्ने राजपा नेता केशव झाले जानकारी दिए।स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भेट गर्नेछिन्।
बिहान १२ बजे स्वराज राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुग्नेछिन्। राष्ट्रपतिसँगको भेटपछि उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाने छिन्। स्वराजले भोलि नै माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नेछिन। उनको विस्तृत भ्रमण तालिकाबारे भने आफूलाई जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











