एमाले अध्यक्ष ओली र विदेशमन्त्री स्वारजबीच होटल सोल्टीमा भेटवार्ता
काठमाडौं, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणको लागि बिहीबार काठमाडौं आएकी स्वराज र ओलीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आएकी स्वराजले नेपालका उच्चअधिकारीहरुसँगको भेटवार्ता भावी प्रधानमन्त्रीका रुपमा लिइएका अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन् । यसअघि मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई तथा भारत भ्रमणको निम्तो दिएका थिए ।
दुई वर्षअघि ओली नै प्रधानमन्त्री भएका बेला ६ महिनासम्म भारतले नाकाबन्दी गरेपछि विग्रिएको सम्बन्ध सुधारको प्रयासका रुपमा यो भेटवार्तालाई लिइएको छ । मोदीकै इच्छामा बिना पूर्वतयारी भएको यो भ्रमणमा आफ्ना कुनै एजेन्डा नभएको स्वराजले काठमाडौँ झर्नेवित्तिकै बताएकी थिइन् । उनले यसलाई सांस्कृतिक भ्रमणको संज्ञा दिँदै दुई देशबीचको सम्बन्धलाई अझ उचाईमा पुर्याउन आफू नेपाल आएको बताएकी थिइन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











