भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रचण्डबीच भेटवार्ता, यस्तो भयो कुराकानी
काठमाडौं, १९ माघ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा बिहीबार काठमाडौं आएकी स्वराज र प्रचण्डबीच भेटवार्ता भएको हो ।
सोल्टी होटलमा ५० मिनेटसम्म भएको भेटका क्रममा पछिल्लो राजनीतिक परिस्थिति र आपसी हितकाबारेमा छलफल भएको बताईएको छ । भेटपछि प्रचण्डले चुनावपछिको अवस्था र सरकार गठनको तयारीका बारेमा स्वराजसाग कुराकानी भएको बताए ।
स्वराजले नेपालको चुनावपछिको अवस्था र सरकार गठनको बारेमा जिज्ञासा राखेको प्रचण्डको भनाई छ । स्वराजले अब नेपाल अघि बढ्छ भनेर चासो राखेको समेत प्रचण्डको भनाइ थियो ।
भेटमा छिमेकीसँगको सहयोग र सम्बन्ध राम्रो बनाएर आफूहरुले स्थायीत्व र विकास चाहेको धारणा राखेको पनि प्रचण्डले बताए । जवाफमा स्वराजले नेपालको स्थायित्व र विकासमा भारतको सम्पूर्ण सहयोग रहने बताएकी थिइन् । स्वराजले वामगठबन्धले जितेकोमा बधाइ समेत दिएकी थिइन् ।
काठमाडौं उत्रिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिईन् । स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नेछिन् । राष्ट्रपतिलाई भेटेर उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनी बालुवाटार जानेछिन् । सुष्मा स्वराज सवा २ बजे एयरपोर्टतर्फ प्रस्थान गरी ३ बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












