मधेसी नेताले संविधान संशोधनको कुरा टक्राउँदा सुष्माले भनिन्, ‘अब के को संशोधन’
काठमाडौं, १९ माघ । लामो समयपछि भारतले नेपालको संविधान स्वीकारेको देखिन्छ । संविधान लागू भएदेखिनै असन्तुष्टि जनाउँदै आएको भारत अन्ततः पक्षमा उभिएको हो । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो संकेत गरेकी हुन् ।
मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्नुपर्ने अडान राख्ने आएको भारत अन्ततः संविधानकै पक्षमा उभिएको हो । भारतीय विदेश मन्त्री स्वराजलाई भेट्न आएका मधेशी नेताहरुलाई यस्तो संकेत गरेकी हुन् । बिहीबार राति सोल्टी होटलमा मधेसी नेताहरुसँग भएको सामूहिक भेटवार्तामा स्वराजले संविधान संशोधन तपाईहरुको आन्तरिक मामिला भन्दै पन्छिन् खोजिन । जसले गर्दा ठूलै आश गरेर होटल सोल्टी पुगेका मधेशी नेताहरु निराश भएर फर्किए ।
भेटमा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरु उपस्थित थिए। नेताहरुले संविधान संशोधनको विषय उठाउँदा स्वराजले यो तपाईँहरुको आन्तरिक मामिला भन्दै पन्छिएकी राजपा नेता राजकिशोर यादवले जानकारी दिईन् ।
अघिल्लो पटक नेपाल भ्रमणमा आउँदा उनले संविधान संशोधनका लागि भारतले पहल गरिदिने वाचा गरेकी थिइन्। केपी ओली नै प्रधानमन्त्री छँदा भारतले तत्कालीन परराष्ट्र मन्त्री कमल थापामार्फत् भारतले चाहेको संशोधनको चार बुँदा पठाएको थियो। त्यतिमात्र होइन, भारतको संसदमा नेपालमा गरिएको नाकाबन्दी बारे बहस हुँदा उनै स्वराजले नेपालको नेतृत्वले आफूले दिएका सुझावलाई बेवास्ता गर्नु नै अहिलेको संकटको कारण भएको दावी गरेकी थिइन्। उनले संविधान संशोधनमा भारतको चासो पनि स्पष्ट राखेकी थिइन्।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनसँगै ओली नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने निश्चित भइसकेपछि भने भारतले आफ्नो नीतिमा परिवर्तन गर्न लागेको संकेत मधेसी नेताहरुसँगको भेटका क्रममा स्वराजको युटर्नबाट देखिएको छ।
स्वराजसित भेटका क्रममा उनले मधेसी नेताहरुलाई मिलेर निर्वाचन लडेको र परिणाम राम्रो आएकोमा भारत खुशी भएको बताएकी नेता यादवले बताए । परेको बेला सहयोग गर्न भारत तत्पर रहेको पनि उनले बताएकी थिइन्। उनले संविधान संशोधनको लागि नेपाल सरकार, राजनीतिक दलहरुलाई तपाईहरुको दवाव चाहियो भन्दै उनले भनिन्, ‘यो तपाईहरुको आन्तरिक मामिला हो । यसमा हामीले केही पनि गर्न सक्दैनौं । अब पनि के को संशोधनको कुरा गर्ने र विकास गरेर अगाडि बढ्नुहोस् ।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











