पूर्वराजदूत उपाध्यायले भने, ‘सुष्माको नेपाल भ्रमणले देशलाई ठूलै हानि पुग्छ’
काठमाडौं, १९ माघ । भारतका लागि पूर्व राजदूत दीप कुमार उपाध्यायले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण अनुपयुक्त भएको बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका पूर्वराजदुत उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण र नेताहरुसँगको भेटघाट कुटनीतिक फ्रेम भित्र नरहेको टिप्पणी गरेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज कसको निमन्त्रणामा नेपाल आएको हो भन्ने नै स्पष्ट नभएको उनले बताए । ‘ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपुर्व न भारतले भन्यो न ओलीले देशलाई जानकारी गराए’ उनले भने, ‘कुटनीतिक मर्यादा विपरित भएका भेटघाटले अन्ततः नेपाललाई हानी पुग्छ ।’
भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सल्लाह नभएको प्रति इंगित गर्दै भने, ‘भारतीय प्रधानमन्त्री मोदीलाई आउनूपूर्व र फर्केपछि व्रिफिङ हुन्छ तर नेपालमा त्यो देखिएन ।’ स्वराजको भ्रमण सरकार वा ओलीको कसले निमन्त्रणा गरेको पारदर्शी नभएको उनले वताए । कुटनीतिक फ्रेममा नपरेका विगतका घटनाबाट नेपालले पाठ सिक्न नसकको उनले औंल्याए ।
भारतसँग कुटनीतिक सम्वन्ध यस्तै रुपमा जारी रहने हो भने ठूलो देश हुनुको नाताले उसले लाभ लिइरहने समेत बताए । तर त्यसले नेपाललाई ठूलै क्षति हुने उनको भनाई छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












