प्रदेश ७ को मुख्यमन्त्रीमा डोटीका त्रिलोचन भट्टको नाम सिफारिस, अब केन्द्रले निर्णय गर्न बाँकी
डोटी, १९ माघ । प्रदेश ७ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र पोलिटव्यूरो सदस्य त्रिलोचन भट्टको नाम सिफारिस गरिएको छ । शुक्रबार माओवादी केन्द्रको प्रदेश कार्यालयबाट माओवादी केन्द्रले डोटी प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद भट्टको नाम सिफारिस गरेको हो ।
वाम गठबन्धनको तर्फबाट प्रदेश ७ मा सरकारको नेतृत्व गर्ने जिम्मा माओवादी पाएको छ । माओवादीले जिम्मा पाएपछि भट्टको नाम सिफारिस गरिएको पार्टी प्रदेश कमिटी सचिवालयले जानकारी दिएको छ । छलफलमा भट्टको नाममा सहमति र औपचारिक निर्णय हुन भने बाँकी रहेको पार्टी प्रदेश कमिटी सचिवालयले जनाएको छ ।
केही समयभित्रै औपचारिक निर्णय हुने पार्टी सचिवालयले जानकारी दिएको हो । ‘प्रदेश कमिटीबाट भट्टको नाममा सहमति भएको छ’ माओवादी केन्द्रका ७ नम्बर प्रदेश संयोजक लक्ष्मणदत्त जोशीले भने ‘अब दुईरतीन दिनभित्र केन्द्रले निर्णय गर्छ होला ।’
मुख्यमन्त्री पदका लागि पार्टीभित्र वीरभान चौधरी, झपट बोहरा र मानवहादुर धामीको नाम व्यापक चर्चामा रहेको थियो । तर, पार्टी प्रदेश कमिटीले तुलनात्मक रुपमा कम चर्चामा रहेका भट्टको नाम अघि सारेको हो । सरकारले प्रदेशको अस्थायी मुकाम धनगढी तोकेपछि पहाड र तराईको सन्तुलन मिलाउने गरी पहाडलाई मुख्यमन्त्री दिने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको बुझिएको छ ।
द्वन्द्वकालमा भूमिगत राजनीतिक जीवन बिताएका भट्ट माओवादीभित्र इमानदार र नैतिकवान नेताका रुपमा परिचित छन् । ५३ सदस्यीय रहेको प्रदेश सभामा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद रहेका छन् भने कांग्रेसका १२ र राजपाका दुई सांसद छन् ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












