सुष्मालाई भेटेका ओली र प्रचण्डलाई नारायणकाजीको मुखभरी जवाफ, ‘लाजै नभएपछि कसको के लाग्छ ?’
काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेताहरुले कूटनैतिक आचारसंहित उल्लंघन गरेको आरोप लगाएका छन् । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई लक्षित गर्दै उनले नीहित राजनीतिक स्वार्थका कारण नेपालको स्वाभिमान गिराइएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा उनले यस्तो कुरा व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमाूप्रतिबद्ध देखिएका छन् । ध्यान नपुगेर होइन । किन त ? हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ ? ! दुःख र ग्लानिको अनुभुति हुन्छ, ठुला छिमेकीहरु उपनिवेश बन्दासमेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैछ ।’
बिहीबार साँझ नेपाल भ्रमणमा आएकी स्वराजलाई भेट्न सबैभन्दा पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । एमालेले डिनर खुवाएपछि लगत्तै स्वराजलाई भेट्न पालो कुरेर बसेका मधेसवादी दलका नेताहरुले भेटे । शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग् भेट्ने कार्यक्रम तय भएको थियो । प्रचण्डसँगको केही समयको भेटपछि करिब १२ बजे राष्ट्रपति विद्या भण्डारीलाई भेट्न स्वराज शीतल निवास पुगिन् ।
स्वदेश फर्कन हतार गरेकी स्वराज प्रधानमन्त्री देउवा भेट्न वालुवाटार पुगिन् र त्यहाँ केही समय बिताएर स्वदेश फर्किइन् । स्वराज स्वदेश फर्किए पनि उपाध्यक्ष श्रेष्ठले नेताहरुले कूटनीतिक मर्यादा विपरित भेट गरेको भन्दै आपत्ति जनाए । श्रेष्ठको रिसको घानमा स्वयमं प्रचण्ड पनि परेका छन् । यसअघि पनि श्रेष्ठले प्रचण्डले स्वराजसँग पाँच तारे होटलमा भेट गरिरहेकै बेला व्यंग गर्दै ट्वीट गरेका थिए ।
माओवादी विदेश विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले छिमेकीसँग राम्रो सम्बन्ध स्थापना गर्न नसकेकाले नेपालीको शिर झुकेकोसमेत बताए । स्वराजलाई छुट्टछुट्टै भेटेका तीनै जना नेतालाई श्रेष्ठले मुभरीको जवाफ दिएका हुन् । स्वराजसँग भेट्न नहुने भन्दै आक्रोश पोख्दै आएका नेता श्रेष्ठको अभिव्यक्तिले सबैलाई चकित तुल्याएको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...












