सुष्मालाई भेटेका ओली र प्रचण्डलाई नारायणकाजीको मुखभरी जवाफ, ‘लाजै नभएपछि कसको के लाग्छ ?’
काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेताहरुले कूटनैतिक आचारसंहित उल्लंघन गरेको आरोप लगाएका छन् । बिहीबार नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई लक्षित गर्दै उनले नीहित राजनीतिक स्वार्थका कारण नेपालको स्वाभिमान गिराइएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमा उनले यस्तो कुरा व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘अधिकाँश नेपाली राजनैतिक नेताहरु कुटनैतिक आचारसंहिता उल्लङ्घनमाूप्रतिबद्ध देखिएका छन् । ध्यान नपुगेर होइन । किन त ? हिन ग्रन्थी र निहित राजनैतिक स्वार्थ ? ! दुःख र ग्लानिको अनुभुति हुन्छ, ठुला छिमेकीहरु उपनिवेश बन्दासमेत पुर्खाहरुले स्वतन्त्र बनाईराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैछ ।’
बिहीबार साँझ नेपाल भ्रमणमा आएकी स्वराजलाई भेट्न सबैभन्दा पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए । एमालेले डिनर खुवाएपछि लगत्तै स्वराजलाई भेट्न पालो कुरेर बसेका मधेसवादी दलका नेताहरुले भेटे । शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग् भेट्ने कार्यक्रम तय भएको थियो । प्रचण्डसँगको केही समयको भेटपछि करिब १२ बजे राष्ट्रपति विद्या भण्डारीलाई भेट्न स्वराज शीतल निवास पुगिन् ।
स्वदेश फर्कन हतार गरेकी स्वराज प्रधानमन्त्री देउवा भेट्न वालुवाटार पुगिन् र त्यहाँ केही समय बिताएर स्वदेश फर्किइन् । स्वराज स्वदेश फर्किए पनि उपाध्यक्ष श्रेष्ठले नेताहरुले कूटनीतिक मर्यादा विपरित भेट गरेको भन्दै आपत्ति जनाए । श्रेष्ठको रिसको घानमा स्वयमं प्रचण्ड पनि परेका छन् । यसअघि पनि श्रेष्ठले प्रचण्डले स्वराजसँग पाँच तारे होटलमा भेट गरिरहेकै बेला व्यंग गर्दै ट्वीट गरेका थिए ।
माओवादी विदेश विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले छिमेकीसँग राम्रो सम्बन्ध स्थापना गर्न नसकेकाले नेपालीको शिर झुकेकोसमेत बताए । स्वराजलाई छुट्टछुट्टै भेटेका तीनै जना नेतालाई श्रेष्ठले मुभरीको जवाफ दिएका हुन् । स्वराजसँग भेट्न नहुने भन्दै आक्रोश पोख्दै आएका नेता श्रेष्ठको अभिव्यक्तिले सबैलाई चकित तुल्याएको छ ।
Comments
अरु समाचार
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












