४ सय ५६ मेगावाटको तामाकोशीले २ अर्ब ६४ करोडको सेयर जारी गर्ने
काठमाडौं, २१ माघ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले २ अर्ब ६४ करोड रुपैयाँको (२ करोड ६४ लाख कित्ता) सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयलाई १ अर्ब ५ करोड रुपैयाँ र अन्य सर्वसाधारणलाई १ अर्ब ५८ करोड रुपैयाँको सेयर दिन लागेको हो । कम्पनीले ४ सय ५६ मेगावाटको आयोजना बनाउदैछ । गत भदौंसम्ममा आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ ।
कम्पनीले २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर यसअघि जारी गरिसकेको छ । यसअघि ऋणदाता कम्पनीको लागि सेयर जारी गरिएको थियो । हाल प्रतिमेगावाट १४ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको लागत दर बढ्ने सम्भावना छ । हालको अन्तिम प्रक्षेपण अनुसार आयोजनाको लागत बढेर ६५ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।
बढ्दो व्याजदर र विनिमय दरको कारण कम्पनीको दायित्व बढेकोले लागत बढेको उल्लेख गरेको छ । हाल मुख्य कर्जाको व्याजदर १२ प्रतिशतसम्म रहेको छ । हाल कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण, राष्ट्रिय बीमा संस्थानबाट कर्जा लिएको छ ।
४४ अर्ब ९८ करोड खर्च भइसकेको आयोजनामा ३९ अर्ब ऋणबाट लिइएको छ । भने आयोजनाबाट उत्पादित विद्युत् प्रसारण लाइनमा जोडिएसँगै सरकारले प्रतिमेगावाट ५० लाख रुपैयाँको दरमा अनुदान दिनेछ । यसबाट पनि भविष्यमा आउन सक्ने दायित्व पुरा गर्न सहयोग पुग्नेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












