१ सय ६८ किलो लागूऔषध चरेशसहित पाँच जना पक्राउ, चरेश लुट्न खोज्दा प्रहरी फन्दामा
धादिङ, २१ माघ । ठूलो परिणाममा लागूऔषध चरेशसहित पाँच जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरी टोलीले १ सय ६८ किलो ९ सय ग्राम चरेशसहित पाँच जना पक्राउ परेका हुन् ।

धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित पृथ्वी लोकमार्गको पोखरे खोला नजिकै प्रहरी टोली देख्नासाथ भाग्न खोज्ने शंकास्पद समूहको २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सोधपुछ गर्दा लागूऔषध चरेशको कारोबारीहरूसँग पैसा उठाउन र नदिए लागूऔषध नै लुट्ने योजनाले आएको बताएका थिए ।
उनीहरुकै जानकारी अुनुसार गजुरी बजारमा चेकप्वाईन्ट राखी सवारी चेकजाच गर्दा गल्छी तर्फबाट आएको ना. ३ ख ४३२४ नम्बरको ट्रकको गियर बक्स र चालक बस्ने सिट माथी फल्स बटम बनाई राखिएको अवस्थामा १६८ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश फेला परेको हो ।
प्रहरीले ट्रक चालक र ट्रकको पछाडि शंकास्पद तरिकाले आएका २ वटा मोटरसाईकलका २ जनालाई समेत नियन्त्रणमा लिएको जनाईएको छ । ट्रक चालक र नियन्त्रणमा लिइएका अन्य चारै जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












