एमालेभित्र बढ्दो भाषण मोहः प्रदेशसभाको पहिलो बैठकमा ओली र नेपाल गुटको सम्बोधन
जनकपुरधाम, २१ माघ । प्रदेश २ को पहिलो बैठकमा एमालेका दुई नेताले सम्बोधन गरेका छन् । प्रदेशसभामा उपस्थित प्रत्येक दलका एकएक नेताले सम्बोधन गरेपनि एमालेबाट भने दुई नेताले सम्बोधन गरेका हुन् । प्रदेश २ को तेस्रो ठूलो दल एमालेका सत्यनारायण मण्डल र सत्रुघन महतोले सम्बोधन गरे । सुरुमा सत्यनारायण मण्डलले सम्बोधन गरे भने अन्तिममा शत्रुघन महतोले समय पाए ।
जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका लगनलाल चौधरी पनि एमालेकै सांसद हुन् । तर, उनले आफ्नो दलप्रति अतिरित्त मोह देखाएका भने होइनन् । पार्टीभित्रको गुटका कारण दलले पाएको १० मिनेट आधा आधा गरेर दुई सांसदले बोलेका हुन् । प्रदेशसभामा कसले सम्वोधन गर्ने भन्नेबारे छलफल गर्न जनकपुरधाममा आइतबार विहान एमाले एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो ।
बैठकमा सप्तरीका सांसद एवं पूर्वमन्त्रीसमेत रहेका पूर्वमन्त्री मण्डलले बैठकमा आफूले दलको तर्फबाट बोल्ने दाबी प्रस्तुत गरे । पार्टीको स्थायी कमिटीका सदस्यसमेत रहेका मण्डल केपी ओली गुटका नेता हुन् । तर, महतोले आफूले बोल्ने दाबी गरे । महतो माधव नेपाल गुटका नेता हुन् ।
ओली गुटका मण्डल र माधव नेपाल गुटका महतो दुबैले प्रदेश २ मा संसदीय दलको नेता बन्ने दाबी गर्दै आएका छन् । बैठकमा दुबै नेता पछि नहटेपछि एमालेले पाएको १० मिट समयभित्रै पर्ने गरी ५र५ मिनेट दुबै नेताले प्रदेशसभालाई सम्वोधन गरेका हुन् ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












