यही हो दरबारमार्ग बलात्कार प्रकरणमा नयाँ ट्विस्ट ल्याउने लिखित मिलापत्र
काठमाडौं, २१ माघ । दरबारमार्ग बलात्कार प्रकरणले फेरी नयाँ ट्वीस्ट आएको छ । सामूहिक बलात्कारको सिकार भएकी भनिएकी युवतीले प्रहरीसँगको बयानमा आफूलाई जबर्जस्ती बलात्कार नभएको बताएकी छिन् । माघ ७ गते काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरबारमार्ग बृत्त पुगेको तर कुनै लिखित उजुरी आफूले नदिएको बताएकी हुन्।
प्रहरीको रोबहरमा दुई विच मिलापत्र भएको लिखित प्रमाण फेला परेको छ। प्रहरीको रोहबर कतै नभेटिने उक्त सहमती कागजमा युवतीका बावुआमा दुवैले हस्ताक्षर गरेका छन् । कागजको अन्त्यमा ‘यस कार्यालयमा’ भन्ने शब्द उल्लेख गरिए पनि कुन कार्यालय भन्ने खुलेको छैन ।
केही दिनदेखि सम्पर्कविहीन भए पनि युवती गत बुधवारबाट सम्पर्कमा पुगेकी थिइन्। शुरुमा आफूलाई चार जनाले बलात्कार गरेको उजुरी दिन बृत्त दरबारमार्ग पुगे पनि अहिले भने आफुखुशी एक जनासँग मात्र यौन सम्पर्क गरेको लिखित बयान दिएकी छिन्। एक अनुसन्धान अधिकृतले भने, ‘युवतीको बयान अहिले एकाएक परिवर्तन भएको छ। उनले आफुखुशी यौन सम्पर्क गरेको बताएकी छिन्।’ उनीहरुको मिलापत्रमा उल्लेख छः
‘शैलेस कार्कीसँग साथीको रुपमा चिनजान भई हामीहरुले बेलाबखतमा भेटेघाट हुने घुम्न जाने सँगै बस्ने गर्दथ्यौं। हामीहरु विवाह गर्ने समेत सरसल्लाह भइसकेको कारणले मलाई आजभन्दा २ महिना अगाडि काठमाडौं चक्रपथमा रहेको होटेल कम्पार्टमा एक रात हामी सँगै बसेकामा निज र मेरो सल्लाह अनुसार शारीरिक सम्पर्कसमेत् भएकोमा माघ ७ गते राति कमलादीमा रहेको होटेल ल्याण्डमार्कको कोठा नम्बर ४०५ बुक गरी हामीहरु दुवै जना सँगै बसेकोमा हामीले बाइन रक्सी समेत सेवन गरेकोमा उक्त दिन हामीहरुले दुवै जनाको सल्लाहमा एक चोटी शारीरिक सम्पर्क भएकोमा पछि निज शैलेश कार्कीसँग नशाको सुरमा विवाद भएको र निजले मलाई होटेलमा छोडी गएको कारण मैले रिसको आवेगमा भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालय गर्इ मलाई शैलेश कार्की समेत निजको साथीहरुले जबर्जस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ।’
‘रिसको आवेगमा मलाई होटेलमा जबरजस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा गई जानकारी गराउनु मेरो गल्ती भयो। मलाई कोही कसैकसैले पछि अनुचित यौन सम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता कुनै अनैतिक कार्यहरु गरेको छैन। अब आइन्दा यस विषयलाई लिएर कहीँ कतै उजुरी गर्नेछैन।’
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











