प्रदेश ७ को पहिलो बैठक सम्पन्न, सभामुखको चुनाव माघ २९ गते
धनगढी, २१ माघ । प्रदेश ७ को पहिलो बैठक सम्पन्न भएको छ । अब अर्को बैठक माघ २९ गते बस्नेछ । आइतबार बसेको पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पारित गरेको छ । बैठक प्रदेशसभाका जेष्ठ सदस्य ७४ बर्षीय दिव्यश्वरी शाहले सभामुखको हैसियतमा सञ्चालन गर्नुभएको थियो ।
सभामुख शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदहरुले संबोधन गरेका थिए ।
प्रदेश ७ मा नेकपा एमालबाट प्रकाश वहादुर शाह, नेपाली काग्रेसबाट भरत बहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रिय जनता पार्टीबाट मालामती रानाले सम्वोधन गर्नुभएको थियो । बैठकले सभामुख र उपसभामुख नहुदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा माया भट्ट, देवराज पाठक, पुर्णा जोशी, विरमान चौधरी र कृष्ण चौधरी रहेका छन् ।
बैठकमा सभामुखले प्रदेश ७ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधी पनि पास गरिएको छ । उक्त प्रस्ताव पास भएसंगै सभामुखको निर्वाचनको लागी माघ २९ गतेको मिति तोकिएको छ । त्यसका लागी आन्तरिक तयारी गर्न र सुचना प्रकाशन गर्न प्रदेश प्रमुखको कार्यालय सचिव मुरारी महतलाई निर्देशन पनि दिईएको छ । ९ जिल्ला रहेको प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिकगरी ५३ सांसद छन् । तस्वीर: शेरबहादुर सिंह, धनगढी रासस
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...











