सुष्माले सिधै ओलीलाई भेटेपछि भारतसँग प्रधानमन्त्री देउवा ‘नराज’
काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको अत्यन्तै निकट भनेर चिनिन्छन् । तर, यसपटक भारतले उनलाई छायाँमा पारिदिएको छ । प्रधानमन्त्री वा सरकारी संयन्त्रलाई बेवास्ता गर्दै प्रमुख विपक्षी दलका नेतासँग विदेशमन्त्री सुस्मा स्वराजले भेट गरेपछि देउवा भारतसँग रिसाएका छन् ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीले स्वराजको भ्रमण र भेटघाटप्रति देउवा असन्तुष्ट रहेको बताए । भारतबाट स्वराजको भ्रमण हुने जानकारी परराष्ट्रमा आएपछि प्रधानमन्त्री कार्यालयलाई पनि उक्त जानकारी प्रवाह गरिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले उनको स्वागत र भ्रमणका एजेण्डाको तयारी थाले ।
‘प्रधानमन्त्री ज्यूको निर्देशनअनुसार हामीले तयारी गरेका थियौँ,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने, ‘तर स्वराजले पहिले केपी शर्मा ओलीलाई भेट्ने जानकारी आएपछि हामीले प्रधानमन्त्री ज्यूलाई जानकारी गरायौँ ।’ त्यतिबेला प्रधानमन्त्री देउवाले आफूहरुको कुरा नपत्याएको उनको भनाइ छ ।
‘सरकारी संयन्त्र हुँदा हुँदै केपी ओलीलाई भेट्ने ?’ देउवाको भनाइ उदृत गर्दै ती अधिकारीले भने, ‘यो सबै हल्लामात्र हो, तपाईँहरु तयारी अघि बढाउनुस् ।’ तर स्वराजले आएर पहिलो भेट नै केपी ओलीसँग गरिन् । त्यसपछि भने देउवा जिल्ल परे ।
भारतीय मिडिया तथा राजनीतिक क्षेत्रमा समेत भारत नजिक भनेर चिनिदैं आएका देउवा स्वराजको नेपाल भ्रमणले जिल्ल परेका हुन् । भारत विरोधी मानिदैं आएका एमाले अध्यक्ष केपी ओलीलाई पहिलो प्राथमिकता दिएपछि देउवा रुष्ट बनेका हुन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











