प्रदेश ७ को पहिलो बैठकमा उठ्यो ‘मोष्ट वान्टेड सांसद’ रेशम चौधरीलाई प्रमाणपत्र दिने कुरा
धनगढी, २१ माघ । प्रदेश ७ को पहिलो प्रदेशसभा बैठक आईतबार सम्पन्न भएको छ । धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकमा प्रदेशसभा जेष्ठ सदस्य ७४ बर्षीय दिव्यश्वरी शाहले सभामुखको जिम्मेवारी सम्हाल्नुभयो ।
सभामुख शाहले प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलका एक–एक जना सांसदहरुले संबोधन गरेका थिए । बैठकमा टिकापुरबाट प्रतिनिधि सभामा बिजयी मोष्ट वान्टेड रेशम चौधरीलाई निर्वाचन जितेको प्रमाणपत्र दिन माग उठेको छ।
राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले बैठकमा बोल्दै रेशमलाई प्रमाणपत्र दिन माग गर्नुभएको थियो । रेशमलाई टिकापुर घटनाको मुख्य योजनाकार भन्दै प्रहरीले मोष्ट वान्टेड सुचिमा राखेको छ । सर्वोच्च अदालतले समेत प्रमाणपत्र नदिन निर्देशन दिईसकेको छ ।
‘सभामुख महोदय, जनताले अत्यधिक बहुमतले निर्वाचन जिताएका रेशम चौधरीलाई तुरुन्त प्रमाणपत्र प्रदान गर्न यो सभा मार्फत पहल गरियोस, साथै भदौ ७ गते टिकापुर घटना घटेको दोस्रो दिन कर्फ्युकाबिच थारुहरुका घर छानीछानी जलाउने र लुटपाट गर्नेहरुलाई पनि जेल हालियोस भन्ने माग म जोडदार रुपमा उठाउन चाहन्छु।’ रानाले भनिन्।
उनले कैलालीका थारु समुदायले राजधानीको माग नउठाएको प्रष्ट पार्दै पहिचान र अधिकारको माग गरेको बताईन्। ‘थारुहरुलाई भुलाउन राजधानी यहाँ तोकिएको छ तर थारु जनताको माग राजधानीको होईन अधिकार र पहिचानको हो त्यसैले अधिकार प्रदान गर्न प्रदेश सभाले पहल गरोस म सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु।’ रानाले भनिन्।
प्रदेश सभाको पहिलो बैठकमा कांग्रेसका भरत खड्का, माओवादीका त्रिलोचन भट्ट र एमालेका प्रकास शाहले मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सबैले प्रदेश नम्बर ७ को विकासका लागि दलगत स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












