उत्तर कोरियाले वार्ताका लागि ‘राष्ट्रप्रमुख’ नै दक्षिण कोरिया पठाउँदै
एजेन्सी, २२ माघ । वार्ताका लागि उत्तर कोरियाले ‘राष्ट्रप्रमुख’ नै दक्षिण कोरिया पठाउने भएको छ । ओलम्पिक खेलमा सहभागीताबारे छलफल गर्न उत्तर कोरियाले अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउन लागेको हो ।
शुक्रबार हुने वार्ताको नेतृत्व उत्तर कोरियाका संसद प्रमुख किम योङ नामले गर्ने भएका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल राष्ट्रप्रमुखसमेत हुन् । उनी २२ सदस्यीय टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया जान लागेका हुन् । उत्तर कोरियाबाट दक्षिण कोरियामा हुन लागेको यो चार वर्षयताकै उच्चस्तरीय भ्रमण रहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।
दक्षिणले सन् २०१० देखि नै उत्तरका पानीजहाजलाई दक्षिणी तट प्रवेशमा रोक लगाएको भए पनि यो उच्चस्तरीय वार्ताका लागि सो प्रतिबन्ध खुलाइने दक्षिणको मन्त्रालयले जनाएको छ । उत्तर कोरिया र दक्षिण कोरियाबीच शत्रुतापूर्ण सम्वन्ध छ । उत्तर कोरियाको आणविक अस्त्र परीक्षणले कटुतालाई झन् बढाएको छ ।
फेब्रुअरी ९ देखि २५ सम्म हुने ओलम्पिकलाई दुवै कोरियाबीचको सम्वन्ध सुधारको अवसरको रुपमा पनि लिइएको छ । ओलम्पिक उदघाटन समारोहमा दुबै कोरियाका खेलाडीहरुले एउटै झण्डा मुनि मार्चपास गर्ने बीबीसीले जनाएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











