डोटीमा अस्पतालभित्रै बालिकामाथि यौनप्रस्ताव नमान्दा एसिड प्रहार, घटना लुकाउने प्रयास
डोटी, २२ माघ । पछिल्लो समय बलात्कार जस्तो जघन्य अपराधका घटनाहरु बढ्दै गईरहेका छन् । काठमाडौंको एक चर्चित होटलमा र इटहरीमा भएको बलात्कारको घटना मत्थर हुन नपाउँदै डोटीमा समेत बलात्कारको प्रयास भएको छ । बलात्कारको प्रयास पनि जिल्ला स्वाथ्य कार्यालयमै भएको हो । स्वाथ्य कार्यालय डोटीमा कार्यरत एक कर्मचारीले बिरामीको कुरुवा बसेकी एक बालिका माथि बलात्कारको प्रयास गरेका हुन् ।
पाँच दिनदेखि जिल्ला अस्पताल डोटीमा उपचार गराइरहेकी हजुरआमाको कुरुवा बसेकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर–७ बस्ने १५ बर्षिया बालिकालाई अस्पतालमा कार्यरत बिमल कुँवरले यौन प्रस्ताव राखेका थिए । तर बालिकाले अस्विकार गर्दा शरीरमा एसिड प्रहार गरेको पीडित बालिकाले बताएकी छिन् ।
कुँवरले आफ्नो यौन प्रस्ताव स्विकार नगरेको रिसमा बालिकामाथि एसिड खन्याएका हुन् । पीडित बालिकाका अनुसार आइतबार राति १० बजे जिल्ला स्वास्थ्य कार्यालय परिसरमा आगो तापिरहेको समयमा कुँवर आगो ताप्ने निहुँमा आफ्नो नजिक आएर विस्कुट दिने भन्दै घुम्नलाई आफ्नो कोठामा जान आग्रह गरेका थिए । आफुले जान नमान्दा अस्पतालको ईमरजेन्सी वार्डबाट बोतलमा रहेको तरल पदार्थ छ्यापेका थिए । तरल पर्दाथ बालिकाको शरिरमा छर्कदा उनको यौनाङ्ग जलेको अस्पतालले जनाएको छ ।
पीडितसंगै रहेकी प्रत्यक्षदर्शी भगवती विकले भनिन्, ‘हामी आगो तापीरहेका थियौ, त्यो मानिस आयो अनेकौं कुरा गर्यो, हामिले नगर्न आग्रह गर्यौ तर उसले पीडित बालिकाको कपाल तान्दै उनी माथि हातपात गर्यो । केही समयपछि बोतलमा पानी जस्तो चिज ल्याएर उनको शरीरमा खन्याउँदा शरिरमा आगो बल्यो ।’
विगत ११ महिना देखि वायोमेडिसियन टेक्निसियनको रुपमा जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कुँवरलाई आइतबार राति नै प्रहरीले नियन्त्रणमा लिएको छ । पिडितको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ । यो घटनाको विषयमा दुवै पक्षबीच छलफल भइरहेको भन्दै डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुधन लुईटेलले भने, ‘बलात्कारको प्रयास भन्न मिल्दैन, आगो निभेको थियो बाल्नलाई स्प्रिड लिएर हाल्ने क्रममा बालिकाको शरीरमा पर्न गएको भन्ने छ ।’ तर पिडितले भने घटनालाई मत्थरपार्न खोजेको भन्दै आपत्ति जनाईरहेका छन् ।
Comments
अरु समाचार
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...











