प्रदेश ४ को सभामुखको निर्वाचन फागुन ३ मा, समृद्ध प्रदेश बनाउने सांसद्को बाँचा
पोखरा, २२ माघ । प्रदेश ४ को पहिलो प्रदेशसभा बैठकले सभामुख निर्वाचनको मिति तोकेको छ । सोमबार बसेको पहिलो प्रदेशसभा बैठकले सभामुख निर्वाचनको मिति फागुन ३ गतेलाई तोकेको छ । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ ।
प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ । पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा गरेका छन् । अन्य प्रदेशहरुमा प्रदेशसभामा उपस्थित दलका एक एक जनाले बोलेका थिए तर, प्रदेश ४ मा भने ठूला तीन दलका तीनतीन सांसदले बोलेका छन् ।
बैठकलाई एमाले सांसद एवं मुख्यमन्त्रीका दाबेदार पृथ्वी सुब्बा गुरुङ, मुख्यमन्त्रीका अर्का दाबेदार सांसद किरण गुरुङ, कांग्रेस सांसद कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका हरिबहादुर चुमान, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्य लगायतका सांसद्ले मन्तव्य राखेका थिए । मन्तव्य राख्ने अधिकांश सांसद्ले समृद्ध प्रदेश बनाउने बाँचा गरेका थिए ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












