प्रदेश १ को मुख्यमन्त्री भीम आचार्य, शेरधन राई कि जीवन घिमिरे माघ २६ गते छिनोफानो
विराटनगर । नेकपा एमालेले प्रदेश १ को मुख्यमन्त्री छान्न निर्वाचनको मिति नै घोषणा गरेको छ । आफ्नो एकल बहुमत रहेको प्रदेश १ का लागि मुख्यमन्त्रीको उम्मदेवार छान्न माघ २६ गते निर्वाचनको मिति घोषणा गरेको छ । सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकले माघ २६ गते संसदीय दलको नेताको लागि निर्वाचन गर्ने निर्णय गरेको हो ।
एमालेभित्र संसदीय दलको नेतानै मुख्यमन्त्री हुने प्रावधान रहेको छ । आजको बैठकमा सहमति नजुटेपछि निर्वाचनमा जाने निर्णय गरेको हो । प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्य मुख्य दावेदार देखिएका छन् । राई केपी ओली समूहबाट हुन् भने आचार्य झलनाथ खनाल पक्षका नेता हुन् । त्यस्तै मुख्यमन्त्रीका दाबेदारमा माधव नेपाल पक्षबाट जीवन घिमिरे पनि देखिएका छन् ।
प्रदेश १ का ९३ सांसद मध्ये एमालेका ५१ जना छन् । ५१ मध्येबाट संसदीय दलको निर्वाचनमा जसले बहुमत ल्याउँछ, उनी संसदीय दलको नेता र मुख्यमन्त्रीको उम्मदेवार बन्न पाउँछ । ५१ मध्ये केपी ओली समूहमा भन्दा माधव नेपाल पक्षमा बहुमत छ । तर, माधव नेपाल पक्षबाट जीवन घिमिरेले पनि उम्मदेवारी दिँदा शेरधनको पल्ला भारी हुने नेताहरुको दाबी छ ।
देशभरिका ७ वटा प्रदेशहरुमध्ये एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्रीको भाग पाएको छ । प्रदेश २ मा फोरमले लालबाबु राउतलाई मुख्मन्त्रीका रुपमा अघि सारिसकेको छ ।
Comments
अरु समाचार
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...












