प्रदेश ७ को माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन, धामी र चौधरी रुष्ट
कैलाली, २३ माघ । नेकपा माओवादी केन्द्र प्रदेश ७ को संसदीय दलको नेतामा त्रिलोचन भट्ट चयन भएका छन् । माओवादी सचिवालय सदस्य एवं प्रदेश इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गरेको हो ।
संसदीय दलको नेता चयन भएसँगै भट्ट मुख्यमन्त्रीको उम्मेदवार बन्ने बाटोसमेत खुला भएको छ । भट्ट संसदीय दलको नेतामा चयन भएपछि केही सांसदले एकलौटी निर्णय भन्दै असन्तुष्टि जनाएका छन् । असन्तुष्टि जनाउनेहरुमा दार्चुला प्रदेशसभा सदस्य मानबहादुर धामी, कैलालीका सांसद् बीरमान चौधरी रहेका छन् ।
माओवादीको प्रदेश कमिटीले यसअघि नै मुख्यमन्त्रीको उम्मेदवार भट्टलाई बनाउन पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको थियो । उनी डोटी प्रदेश ‘ख’ बाट निर्वाचित सांसद् हुन । बैठकमा कैलालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित चौधरी र दार्चुलाबाट निर्वाचित धामीले संसदीय दलको नेतामा आ–आफ्नो दावी प्रस्तुत गर्दै आएका थिए ।
संसदीय दलको निर्णयप्रति दुवै नेताले असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा आफूहरुको दावीमाथि छलफल नै नभएर एकलौटी रुपमा निर्णय भएको धामीले बताए । संसदीय दलको नेताका अर्का दावेदार चौधरीले पनि विधि र प्रक्रियाविनै निर्णय भएको बताए । आफुहरु संसदीय दलको नेता तथा मुख्यमन्त्रीको प्रमुख दावेदार रहेको बताउँदै उनीहरुले लेखराज भट्टले परिवारवाद लादेको आरोप लगाए ।
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












