माओवादीभित्र प्रदेश ६ को मुख्यमन्त्री छान्न सकस, २५ गतेभित्र टुंगो लगाउ जनार्दन शर्मा सुर्खेतमा
सुर्खेत, २३ माघ । माओवादी केन्द्रभित्र प्रदेश ६ को मुख्यमन्त्रीका विषयमा विवाद बढेको छ । मुख्यमन्त्रीका आकांक्षीहरुले आ आफ्नो अडान कायम राखेपछि विवाद झन चर्किएको हो । अब यसको टुंगो २५ गतेभित्र टुंगो लगाउने भएको छ । मुख्यमन्त्रीका आकांक्षीहरु महेन्द्रबहादुर शाही, नरेश भण्डारी र सीता नेपालीले अडान नछोडेपछि लम्बिएको छनौट प्रक्रिया २५ गते भित्रै टुंगिने भएको हो ।
प्रदेश कमिटीले मुख्यमन्त्रीको टुंगो लगाउन नसकेपछि तीनै जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । तर, पार्टी हेडक्वाटरले प्रदेशबाटै टुंगो लगाउन भन्दै सिफारिस भएकाहरुको नाम प्रदेश कमिटीमै फिर्ता गदिदिएको छ ।
प्रदेशबाट मुख्यमन्त्रीको टुंगो लगाउन सकस भएपछि बिवादको सहजिकरण गर्न नेता जनार्दन शर्मा अस्थायी मुकाम सुर्खेत आएका छन् । पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले २५ गते भित्र प्रदेश ६ को मुख्यमन्त्रीको छनौट हुने बताए ।वीरेन्द्रनगरमा पत्रकारहरुसँगको कुराकानीमा उनले पार्टी पद्धती अनुसार नै २५ गतेभित्र मुख्यमन्त्री चयन गरिने बताएका हुन् ।
महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाउन आउनुभएको हो भन्ने पत्रकारहरुको प्रश्नमा शर्माले भने,’त्यसो होइन, पार्टी पद्धती अनुसार चयन गर्ने हो । धेरैको दावी हुनु स्वभाविकै हो । म सहजिकरण गर्छु ।’
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












